काठमाडौं, २५ साउन । कोरोना भाइरस संक्रमणका कारण पोखरामा एक जनाको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरीरहेका एक जना कोरोना संक्रमितको शनिबार राति ११: ३५ बजे मृत्यु भएको हो ।
मृतक पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । उनी डाइयबिटिजका बिरामी रहेका र गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो। नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्