काठमाडौं, २२ साउन । सर्वोच्च अदालतले फेरि पनि अत्यावश्यक मुद्दा बाहेक अरू मुद्दा दर्ता र सुनुवाई नगर्ने भएको छ। सर्वोच्चका सहप्रवक्ता देवेन्द्रराज ढकालले एक सूचना जारी गर्दै केही दिनका लागि अत्यावश्यक बाहेकका मुद्दा सुनुवाई नहुने जानकारी दिनुभएको छ । विभिन्न स्थानीय तहले फेरि पनि निषेधाज्ञा जारी गरिरहेको र सर्वोच्चकै एक कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक बाहेकका मुद्दामा सुनुवाई नगर्ने अदालतले बताएको हो।
संक्रमणको जोखिम न्यूनीकरण र निर्धारित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना हुनसक्ने गरी अदालतका कामकारबाही र सेवा मात्र (उदाहरणार्था : बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई , रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदनर निवेदन दर्ता, थुनुवा रहेका मुद्दार निवेदनको सुनुवाई, पुनरावलोकनको निवेदन सुनुवाई लगायतका कामकारबाहीहरू) सञ्चालन गरिने ब्यहोरा सबैको जनाकारीका लागि यो सूचना जारी गरिएको छ, उक्त सूचनामा भनिएको छ। अब फेरि कोरोना संक्रमण भएपछि केही दिनका लागि अदालतले आफ्ना काम कारबाहीमा संकुचन ल्याउनुपरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्