ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारी नियन्त्रणका लागि पूर्ण नभई आशिंक लकडाउन गर्ने संकेत


एबीसी न्यूज
श्रावण २१, २०७७ बुधबार  १ : २५ बजे

काठमाडौं, २१ साउन । सरकारले कोरोना महामारी नियन्त्रणका लागि पूर्ण नभई आशिंक लकडाउन गर्ने संकेत गरेको छ । पूर्ण लकडाउन गर्दा देशकै आर्थिक अवस्था पनि विग्रने तथा संक्रमण नभएको क्षेत्रसमेत प्रभावित हुने निष्कर्षमा पुगेको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विपक्षी दलका नेतासहित विज्ञसँगको छलफलमा पनि यहि विषयमा कुराकानी भएको थियो । विज्ञहरुले पनि अवस्था हेरेर आशिंक लकडाउन गर्न सुझाव दिएका छन् । बढि संक्रमित भएको क्षेत्रमा २१ दिनसम्म लकडाउन गर्न सकिने उनिहरुले बताएका छन् । तर, जनस्वास्थ्यको मापदण्डमा निक्कै कडाई गर्न सुझाव दिए । सरकारले आउँदो मन्त्रिपरिषद् बैठकबाट जनस्वास्थ्यका मापदण्डलाई थप कडाईका साथ देशभरी नै लागु गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि अर्थतन्त्रलाई चलायमान बनाउन फेरि लकडाउन गर्ने सम्भावना नहरेको जानकारी दिनुभयो ।

विज्ञहरूसँग छलफल गरेको जानकारी दिँदै उहाले भन्नुभयो, ‘सरकारले स्वास्थ सुरक्षा मापदण्ड पूरा गर्दै आर्थिक क्रियाकलापलाई अगाडि बढाउने प्रयास गरेको छ । त्यसबाट पछाडि फर्कनेभन्दा परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।’ अर्थमन्त्री डा। खतिवडाले भीडभाड हुने क्षेत्रहरू सञ्चालनमा हतार नगर्ने, तर फेरि आर्थिक क्षेत्र ठप्प नपार्ने संकेत भने गर्नुभयो । उहाका अनुसार यातायात, शैक्षिक संस्था र भीडभाड हुने क्षेत्र तत्काल खुल्ने सम्भावना नरहेको बताउनु भयो । लकडाउन खोलेपछि संक्रमण बढ्न थाल्दा विभिन्न स्थानीय तहले आफ्नै पहलमा लकडाउन गरिरहेका छन् । सोही नीति अनुसार अगाडी बढ्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । यद्यपी काठमाडौंमा भने के गर्ने भन्ने विषयमा थप अवस्था हेरेर कदम चाल्ने योजनामा सरकार रहेको एक मन्त्रीले जानकारी दिनुभयो ।

काठमाडौंमा हालसम्म ७ सय भन्दा बढि संक्रमित फेला परिसकेको छन् । पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

बालुवाटार निवासमा बालेनले गरे पूजा (तस्वीरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com