भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ लाख नाघ्यो




काठमाडौं, २० साउन । भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार विहानसम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ । भारतमा पाँच दिनमा मात्रै १ लाख ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेको  छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All