सिन्धुपाल्चोक पहिरो अपडेट : सात जनाको शव भेटियो, एकको खोजी जारी



काठमाडौँ, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये  ७ जनाको शव फेला परेको छ । तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका उनीहरू वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका प्रहरीले जनाएको छ ।

एक जनाको जीवितै उद्धारपछि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारू साह नाम गरेका भारतीय नागरिक रहेको स्थानियबासीले जानकारी दिए ।

    Comment Here!


सम्बन्धित समाचार

View All