ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा परिस्थिति हेरेर जुनसुकै बेला लकडाउन गर्ने तयारीमा सरकार


एबीसी न्यूज
श्रावण १७, २०७७ शनिबार  २ : १३ बजे

काठमाडौ १७ साउन । कोभिड– १९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ।

कोभिड कोभिड– १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिए । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पाँच सय ९७ पुगेको छ । यसमध्ये काठमाडौ चार सय २३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७ जना कोरोना सङ्क्रमित पुगेका छन् ।

काठमाडौ उपत्यकामा बढ्दो जोखिम

पछिल्ला दिनमा बढिरहेको संक्रमितहरुको संख्या, ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा पनि सङ्क्रमण देखिनु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरमा सङ्क्रमण बढ्नु, तरकारी पसल तथा महाबौद्धको होलसेल पसलका व्यापारीहरुमा कोरोना सङ्क्रमण हुनु लगायतका कारण काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम निकै बढेको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डे भन्नुहुन्छ, ‘काठमाण्डौ उपत्यकामा जोखिम ह्वात्तै बढेको सत्य हो, हामी थप परीक्षण तथा अनुसन्धानको काम गरिरहेका छौं, अहिले नै समुदायमा कोरोना फैलिसकेको भन्ने आधार छैन तर जोखिम भने निकै बढेको छ ।’

काठमाडौ उपत्यकामा सङ्क्रमित थपिने क्रम बढेपछि सरकारले काठमाडौ भित्रने नाकाहरुमा स्वाव संकलन गरेर परीक्षण गर्न थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमण भेटिन थालेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम पनि काठमाडौ उपत्यकामा जोखिम बढिरहेको भन्दै भन्नुहुन्छ, ‘काठमाडौ सङ्क्रमितको संख्या बढिरहेको छ, सुरक्षित हुनको लागि दिनदिनै आग्रह गर्दा पनि पालना भएको छैन, यसले हाम्रो जनस्वास्थ्यमा दुर्घटना ल्याउन सक्छ, नाकामा पनि नियन्त्रण भएको छैन, यी सबै कुराले हामी उच्च जोखिममा रहेकोले यसलाई रोक्न सबैको सहयोग आवश्यक छ ।’

‘जुनसुकै बेला नाका बन्द र लकडाउन हुन सक्छ’

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे काठमाडौ उपत्यकामा जुनसुकै बेला नाका बन्द गर्ने वा लकडाउन गर्ने अवस्था आउन सक्ने बताउनुहुन्छ ।

सङ्क्रमण बढेको ठाउँ विशेषमा लकडाउन गर्न सक्ने व्यवस्था रहेको भन्दै निर्देशक पाण्डे भन्नुहुन्छ ‘काठमाडौ सङ्क्रमणको डरलाग्दो लक्षण देखिन थालेको छ, हामी थप परीक्षण र अनुसन्धान गरिरहेका छौं, यदि मानिस आउने क्रम रोकिएन, सङ्क्रमण बढ्दै गयो भने लकडाउन वा नाकाबन्दको निर्णय हुन्छ, यसका लागि सम्वन्धित मन्त्रालयहरुले जोखिमको आँकलन गरी निर्णय लिनेछन् ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पनि नागरिकको सुरक्षाका लागि सरकारले जुनसुकै उपाय अपनाउने भन्दै पहिलो कुरा हरेक व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो ।

काठमाडौ उपत्यकाको जनजीवन लकडाउन अघिकै अवस्थामा फर्किन थालेको छ । सडकमा हिँड्नेहरुले मास्क कमै मात्र लगाउने गरेका छन् भने व्यक्तिगत दूरीको नियम पनि पालना भएको देखिंदैन । यस्तो अवस्थाले सङ्क्रमणको डर बढेको भन्दै विज्ञहरुले हरेक व्यक्ति सचेत हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वप्रधानमन्त्री ओली पक्राउ

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

सम्बन्धित

निलाम्बर आचार्यको टिप्पणी – प्रतिसोध र धरपकडले भलो गर्दैन

पूर्वप्रधानमन्त्री ओली पक्राउ

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

ओली–लेखक पक्राउको काउन्टडाउन सुरु:मध्यरातको निर्णय, बिहान घेराबन्दी

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com