नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो – अध्यक्ष प्रचण्ड



काठमाडौं, १७ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ ।

बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’ नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामनाको पूर्णपाठः–

    Comment Here!


सम्बन्धित समाचार

View All