ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालसहित तीन देशलाई प्रवेश अनुमति र कोरोनाको भ्याक्सिन दिन चीन सहमत


एबीसी न्यूज
श्रावण १६, २०७७ शुक्रबार  ७ : ५९ बजे

काठमाडौं, १६ साउन  । चीनले नेपालसहित तीन देशका नागरिकलाई चीन प्रवेशको अनुमति दिने तयारी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ बेनविनले नियमित पत्रकार सम्मेलनमा नेपाल, पाकिस्तान र अफगानिस्थानका नागरिकलाई चीन प्रवेशमा अनुमति दिने सहमति भएको जानकारी दिनुभएको हो ।

सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गर्नुभएको छलफलमा नेपाल, पाकिस्तान र अफगानस्तानका विदेशमन्त्री सहभागी थिए । सो छलफलमा विश्वव्यापी महामाहरीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध मिलेर लड्ने सहमति भएको जानकारी पनि प्रवक्ता वाङले दिनुभयो । ‘हामीले निश्चित मापदण्ड पूरा गरेर मानिसहरूको अन्तरसीमा आवतजावतलाई खुला गर्नेछौँ । त्यसका लागि हामीले फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने छौँ । मन्त्रीहरुबीच चार वटा विषयमा सँगै मिलेर काम गर्ने सहमति भएको छ । कोरोना भाइरसविरुद्ध संयुक्त रूपमा लड्ने, आर्थिक तथा सामाजिक विकासका गतिविधिलाई पुनः सञ्चालन गर्ने, फास्ट ट्रयाक र ग्रीन च्यानल तय गर्नका लागि छलफल गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

त्यस्तै उहाँले चार देशले बीआरआई सहयोग जारी राख्ने कुरामा पनि सहमति भएको जानकारी दिनुभयो । ‘मन्त्रीहरूले सार्वजनिक सूचना प्रसारण महत्वपूर्ण छ । कोरोना रोकथाम र नियन्त्रणमा वैज्ञानिक सहयोग आदान प्रदान गरिनुपर्छ । महामारीको बिरूद्ध लड्ने प्रक्रियामा त्यहाँ कुनै भेदभाव, कलंक, जातीयता हुन नहुने बताउनुभयो ’, प्रवक्ता वाङले भन्नुभयो । उहाँले कोरोना भाइरसबिरुद्धको भ्याक्सिन पनि तीन वटा देशले सहज रुपमा पाउने विषयमा सहमति भएको जानकारी दिनुभयो । अब चीनले निर्माण गर्दै गरेको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल, पाकिस्तान र अफगानिस्तानले सहज रुपमा पाउनेछन् ।

‘भाइरससँग संयुक्त रूपमा लड्न चीनले फलदायी परिणामहरू प्राप्त गरेको छ । हामी निरन्तर लडाई जारी राख्ने क्रममा कोरोना रोकथाम र नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि गर्न, जनस्वास्थ्यको रक्षा गर्न र उत्पादनको पुनः सुरुलाई बढावा दिन, सीमापार व्यापारको अविरल प्रवाहलाई सहजीकरण गर्ने सहमति भएको छ’, प्रवक्ता वाङले भन्नुभयो ।

उहाँका अनुसार चार देशले नीति र कार्यमा समन्वय र महामारी रोकथाम र नियन्त्रणमा आपसी सहयोग बढाउनेछ । चीन अन्य पक्षहरूसँग परीक्षण, उपचार, लागूपदार्थ र भ्याक्सिन सहयोग पुर्‍याउन र सार्वजनिक स्वास्थ्य क्षमता निर्माणमा सहयोग पुर्‍याउन तयार भएको छ । ‘चीनले एकपटक खोप विकास गरेपछि तीन देशहरूमा खोपको पहुँच बढाउन सहयोग पुर्‍याउँछ । अफगानिस्तान, पाकिस्तान र नेपालका सबै विदेश मन्त्रीहरूले यसको प्रशंसा गर्नुभएको थियो,’ प्रवक्ता वाङको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

सम्बन्धित

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

बालेनको चुनावी ‘बाचा पत्र’ लाई सरकारको १०० बुँदे योजना : कति पूरा, कति बाँकी ? (विस्तृतमा)

बर्दिवास मेडिकल कलेज खारेज : बालेनको गृह जिल्ला महोत्तरीमा आगो !

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

अमेरिकाले रुसी तेल ट्यांकरलाई क्युबा पुग्न दिने : नाकाबन्दी तोडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com