ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एआइआइबी लचिलो हुनुपर्छ : अर्थमन्त्री


abc


काठमाडौं, १३ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल जस्तो कम आय भएका देशलाई भौतिक पूर्वाधार निर्माणका निम्ति एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लचिलो हुनुपर्ने बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आज उद्घाटन गर्नुभएको बैंक सञ्चालक समूहको पाँचौ बैठकलाई आजै अप्रत्यक्षरुपमा सम्बोधन गर्दै उहाँले एआइआइबीले अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुसँग साझेदारी गरी भौतिक पूर्वाधारमा दिगो लगानी गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न सघाउनुपर्ने बताउनुभयो ।

अतिकम कार्बन उत्सर्जन गर्ने नेपाललाई कोभिड–१९ ले आर्थिक क्षेत्रमा प्रभाव पारेकाले अर्थतन्त्रको पुनरुत्थान तथा स्वास्थ्य पूर्वाधारका लागि लगानी बढाउन अपरिहार्य भएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले बैंकको अध्यक्षमा सर्वसम्मत रुपमा पुनः जिन लिक्वुन निर्वाचित हुनु भएकामा हार्दिक बधाइ ज्ञापन गर्दै अध्यक्ष जिनको सफल कार्यकालको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको भाषामा ‘राजा महाराजाको दुर्गन्ध’ आयो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा ‘राजा महाराजाहरूको दुर्गन्ध’ आएको बताउनु

केपी ओलीले कि आफूलाई कामचलाउ भन्नुपर्छ कि पद छाड्नुपर्छ : माधव नेपाल

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने

पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन

सम्बन्धित

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

सामसङका उपाध्यक्ष छोङ योङलाईलाई दुई वर्षको जेल सजाय

पेट्रोल तथा डिजेलको मूल्य बढ्यो

तपाईंले चलाई रहेको सिमकार्ड कसको नाममा दर्ता छ ? आजै यसरी चेक गर्नुहोस्

विश्वकै अर्थतन्त्र महामारीले धराशायी बनेका बेला चीनको आर्थिक वृद्धिदर अपेक्षाभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com