पुष्पलालकै नीतिअनुसार नै अहिले हामी घुमिरहेका छौं : लोककृष्ण भट्टराई (भिडियो)

प्रधानमन्त्रीको दुत बनेर जर्ज फ्रण्डान्डेस् गएर सोहि प्रस्ताव राख्दा पुष्पलालले नेपाली जनताले पैसा खर्च गरेर बचाउँछन् भने मात्र उपचार गर्छु भन्नुहुन्थ्यो



काठमाडौं । नेपालको कम्युनिष्ट र बाम प्रजातान्त्रिक आन्दोलनका बारेमा महत्वपूर्ण योगदान गरेका नेताहरु पुष्पलाल श्रेष्ठ र विपी कोइरालाको स्मरण र तिनै नेताहरुले अघि सारेको बाटो र विचारका आधारमा अहिले नेपाल कहाँनिर खडा छ ? ति नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका लागि के कस्तो योगदान गरेका थिए ? के साचिँकै आज ति नेताहरुको उत्तराधिकार भनिएको पार्टी र नेताहरुले आफ्नो अग्रज तथा संस्थापक नेताहरुप्रति सांचो अर्थमा इमान्दारिता देखाएका छन् त ? पञ्चायती व्यवस्थाको विरुद्धमा निरंकुशताको विरुद्धमा र प्रजातन्त्र स्थापनाको लागि यि दुई नेताहरु पुष्पलाल र विपी एक अर्काका परिपूरक जस्ता देखिन्छन् । तर साचिँकै विचारका हिसावले व्यवहारका हिसावले परिपुरक थिए कि थिएन्न यो आफै विवादित विषय छ ।
आजसम्म आइपुग्दा नेपाल कम्युनिष्ट पार्टीले पुष्पलालको जनवादी क्रान्तिकै वरीपरी विभिन्न नाम र फुर्का जोडेर पुष्पलालकै बाटोमा अघि बढ्दै यहाँसम्म आइपुगेको छ । नेपाली काँग्रेस पनि विपीले भनेकै प्रजातान्त्रिक समाजवादलाई एउटा मन्त्रको रुपमा वा त्यसैको वरिपरि रुमल्लिएर यहाँसम्म आइपुगेको छ ।
२०४६ सालको जनआन्दोलन सम्म आइपुग्दा यि दुई नेताले अघि सारेको विचारका आधारमा पञ्चायती व्यवस्था ढाल्न सफल भयो । नेपालमा प्रजातन्त्र स्थापना भयो । आज ती दुई नेताहरुको विचार र नेपाली राजनीतिमा उहाँहरुको योगदानको विषयमा चर्चा गर्न एबीसी न्युज टेलिभिजनका अध्यक्ष । प्रधानसम्पादक तथा नेपालपेजडटकमका समेत प्रधानसम्पादक शुभशंकर कंडेलले पुष्पलालका अनुयाई माक्सवादी अध्येता लोककृष्ण भट्टराईसंग गरेको कुराकानीको सारसंक्षेप ।

तपाइंले पुष्पलालसंग २०२६ देखि २०३२ सम्म संगत गर्नुभयो । तपाई दश वर्षको जेलजीवनकै क्रममा पुष्पलालको निधन भयो । तर तपाईं निरन्तर पुष्पलालकै विचारको बाटोमा लागिरहनु भयो । गत ५० वर्षको समीक्षा गर्दा पुष्पलालकै नीतिअनुसार नेपालका कम्युनिष्टहरु चलिरहेका छन् त ?

यसलाई केस्रा केस्रा केलाएर हेर्नु पर्ने हुन्छ । मुख्य कुरा पुष्पलालको उत्तरार्धको समयमा मेरो उहाँसँग सम्पर्क भयो । त्यसबखत मलाई उहाँले ‘एक्सिलेन्स युथ’ भन्नुहुन्थ्यो र मलाई १७—१८ वर्षको उमेरमा काठमाडौंमा बागमती अञ्चलको सचिव बनाएर पठाउनु भएको थियो । गुल्मीका गोपाल पोख्रेलले पुष्पलालसंग भेट गराउनु भयो । म आफू खुब पुस्तक पढ्ने गर्थें । वेईजिङ रिभ्यू, माओ त्सेतुङको रेड बुक लगायत सारा पुस्तक मसंग हुन्थ्यों । पुष्पलालले मलाई यी सारा पुस्तक पढेकै कारणले क्रान्ति कहिले हुन्छ भन्ने हुटहुटी लगाउनु हुन्थ्यो । म आफुलाई पनि हुटहुटी हुन्थ्यो । अहिले ५० वर्षको समयमा प्राप्ति त भएको छ । पुष्पलालकै नीतिअनुसार नै अहिले हामी घुमिरहेका छौं । पुष्पलाल आफैंले चौथो सम्मेलन २०२५ सालमा नयाँ जनवादी कार्यक्रममा दीर्घकालीन सशस्त्र कृषि क्रान्तिको कार्यक्रम ल्याउनु भयो त्यसअनुसार उहाँले पनि सशस्त्र संघर्ष सुरु गर्नुभएको हो, जस्तै चुवाकाण्ड, हर्रेवर्रे काण्ड, किसान आन्दोलन, सप्तरी सिराहा आन्दोलन, २००८ सालको भू—स्वमित्व आन्दोलन, यी सबै पुष्पलालकै पहलमा भएका हुन् ।
पुष्पलाल यदि बाँचेका भए गणतन्त्र छिटै आउँथ्यो । पुष्पलालले चौथो सम्मेलनमा भन्नुभएको थियो– ऋजष्लभकभ बचभ ाष्चकत ष्ल लबतष्यलबष्कित, तजभल ष्ल अयmmगलष्कत । त्यसैले स्टालिनको सहयोग हुंदैन थियो भने चीनमा क्रान्ति सम्भव थिएन । जुन पुष्पलालको अध्ययन थियो । कोरीया र भियतनाममा रुसको सहयोगबाट क्रान्ति सफल भयो । नेपालको क्रान्तिको लागि रुस र चीनबाट विभिन्न कारणले सहयोग नहुने अवस्था आएको थियो । त्यसैले पुष्पलालले कम्युनिष्ट आन्दोलनले मात्र क्रान्ति सम्भव नहुने देखेपछि प्रजातान्त्रिक आन्दोलन गर्न काँग्रेसलाई पनि साथ लिएर जनआन्दोलनको बाटोबाट, शहरिया जनसंर्घषबाट राजाको सत्ता ढाल्नुपर्छ भन्ने प्रतिवेदन पेश गर्नुभयो ।
त्यसवेला क्रान्ति गर्ने भन्दै पुष्पलाललाई छोडेर जो–जो अलग हुनु भएको थियो पछि पुनः पुष्पलालसँगै आउनुभएको थियो । त्यसै आधारमा नेपालको परिपे्रक्ष्यमा भारतबाट सहयोग हुने अवस्था थिएन किनकि भारतमा एकाधिकार पँुजीवाद थियो र अर्को छिमेकी चीन आप्mनै काममा थियो । त्यसबेला पुष्पलालले लोकतान्त्रिक संर्घषबाट पराजित गरेर, जनताद्वारा निर्वाचित भएर नै क्रान्तिकारी संसद बनाएर हस्तक्षेप गरेर आमुल सुधार गरेर क्रान्ति पुर्ताल गर्नुपर्छ भन्ने थियो । त्यही पुष्पलालको लाइनलाई कोड गरेर मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याउनुभएको हो । मदन भण्डारीको जनताको बहुदलीय जनवाद अहिले केपी ओली, प्रचण्डहरुले व्याख्या गरेजस्तो संसदमा रुमल्लिने लाइन होइन । मदन भण्डारीको क्रान्तिकारी लाइन नै हो । मदनले अहिलेको जस्तो चुनावको परिकल्पना गरेका थिएनन् । अहिले हामी चुनावको पहिलो हुने प्रणाली र समानुपातिकका लागि पैसा खर्च गरेर भोट बटुल्दैछौं । मदन भण्डारीको त चुनावमा राज्यले खर्च गर्नुपर्ने व्यक्तिले एक रुपैयाँ पनि खर्च गर्नुहुदैन भन्ने लाइन थियो । त्यो सब पुष्पलालकै २००६ सालको घोषणा पत्रमा टेकेर राखेको कुरा हो । त्यस बेला पुष्पलालले दक्षिण एशियाकै अध्ययन गर्नुभएको थियो ।
बिशेषगरी पुष्पलाल भारतमै बस्नु भयो । भारतका नेता डी.पी त्रिपाठी र काँग्रेस आईका नेता एम.जि भगतले त पुष्पलालको बारेमा पुष्पलाल इज अ कम्युनिष्ट लिडर, बट नट ओन्ली दिन कम्युनिष्ट लिडर, हि इज नट ओन्ली दि कम्युनिष्ट लिडर, हि इज डेमोक्रेटिक लिडर, हि इज अल्सो लिडर अफ एशिया द्याट्स ह्वाइ वि रेस्पेक्ट भनेका थिए ।
म के देख्छु भने पुष्पलालले जुन मेहेनत गर्नुभयो, नेपाली समाजलाई या दक्षिण एशियाको सामन्तवादी समाजलाई अथवा भारतको एकाधिकारवादी पुंजीवाद जस्ले दक्षिण एशियालाई शोषण गरेको छ । यो एकाधिकार पुजंीवाद भारतीय जनतालाई मित्र शक्ति ठानेर भारतीय गरिव जनतालाई हात लिएर भारतको एकाधिकार पुंजिवादलाई पक्षपोषण गर्ने त्यो दिल्लीको सरकार चाहिँ हाम्रो दुश्मन हो, अंग्रेज सामन्तवाद हाम्रो दुश्मन हो, र राजतन्त्र हाम्रो पहिलो दुश्मन हो । त्यसैले नेपाली काँग्रेस लगायत सबै दल बुद्धिजीविको संयुक्त जनआन्दोलन निर्माण गरेर नै राजतन्त्र ढाल्न सकिन्छ भन्ने थेसिस पुष्पलालले २०२९ सालमा पेश गर्नुभयो ।
यता प्रचण्डजीले मलाई पुष्पलालको किताब पठाइदिनु भन्नु भयो । र मैले किताब पठाईदिएको पढ्नलाई जनयुद्धको दौरानमा र भाटिन्डा कन्पे्रmन्सबाट त्यो सबै पढिसकेपछि, पुष्पलाललाई उच्च सम्मान गरियो । त्यस्तै मोहनबिक्रमले गद्धार पुष्पलाल भनेर भनेकोमा अहिले तिनै मोहनबिक्रमले पुष्पलाल त महान् रहेछन् हामीले पढ्न नसकेका रहेछौं भन्नुभएको छ । त्यसैले अहिलेको यो गणतन्त्रको लिडर, कम्युनिष्ट आन्दोलनको लिडर र सादा जीवन उच्च विचारको लिडर पनि पुष्पलाल नै हो ।

विपी र पुष्पलालको सम्वन्ध कस्तो थियो ?
विपी र पुष्पलालको सम्वन्ध अत्यन्तै राम्रो थियो । पुष्पलालले पठाएको चिठी लिएर हामी जादाँ पुष्पलालको सम्मानमा र हामीलाई पनि उठेर स्वागत र सम्मान गर्नुहुन्थ्यो बीपी । उहाँहरु भारतको वनारसमा कहिलेकाहिँ भेटेर चिया खाने स्थान थियो । उहाँहरुको भेटघाट र गफगाफ हुन्थ्यो । दुवैले दुवैलाई सम्मान गर्नुहुन्थ्यो । एक पटक भारतमा भएको एउटा कार्यक्रममा विपीले भन्नु भएको छ कि म पुष्पलालको माक्र्सवादी अर्थतन्त्रलाई हस्ताक्षर गरिदिन्छु, समाजवादमा जाने हो । तर पुष्पलालले बहुदलीय प्रजातन्त्रलाई मान्नु पर्छ यो मेरो स्वीकार भनेर विपीले भन्नु भएको छ र पुष्पलालले त्यहाँ के भन्नु भयो भने तपाई भन्दा म उग्र प्रजातन्त्रवादी हँु, मेरो घोषणापत्र पढ्नुहोस, हामीले संसदको चुनाव गरेर संसदले शासन सत्ता चलाउने र सुधार गर्ने भन्ने कुरा त मानेकै छौं । हामीले न्यायपालिकाको पनि चुनाव गर्नुपर्छ भनेर भनेका छौं । त्यो हिसावले पुष्पलाल दुरदर्शी नेता हुनुहुन्थ्यो । पुष्पलालले संघीयताको पनि व्याख्या गर्नुभएको थियो । संघीयतामा जाँदा ३ प्रदेश र १९ जिल्लाको परिकल्पना गर्नुभएको थियो । प्रदेशको नाम कोशी, गण्डकी र कर्णाली परिकल्पना गर्नुभएको थियो । १९ जिल्ला बनाएर उप–प्रान्त जस्तो बनाएर जात धर्म संस्कृति र पहिचानको आधारमा नाम राख्न सकिने परिकल्पना गर्नु भएको थियो । त्यसैले अहिले जातको कुरा उठाउनु हुन्न वर्ग संर्घषको लडाईमा जातको कुरा उठाउनु हुन्न भनेर स्वयम् पुष्पलालले आप्mनो श्रेष्ठ थर काटेर जीवन भर पुष्पलाल मात्र लेख्नु भयो । मैले पनि मेरा कृतिहरुमा लोक कृष्ण भट्टराईको लोक र भट्टराईको भट्ट काटेर कृष्ण राई राखेको छु पुष्पलालको निर्देशनमा ।

विपी र पुष्पलालको फरक पन कहाँ देख्नु हुन्थ्यो ? कतिको मेल थियो ।

विपी र गणेशमान २०३३ सालको मेलमिलापको नीति लिएर नेपाल प्रवेश गनु अघि पुष्पलाललाई पनि ल्याउनु पर्छ भनेर वनासर जानु भएको थियो । त्यो बेला पुष्पलालले भन्नु भएको थियो । राजा क्रुर छ, यो सुधार गर्दैन । तपाईहरु पनि नजानुहोस्, जानै पर्छ भने देश भित्रै भूमिगत बस्नुहोस् हामी जहाँ जहाँ बसे पनि हामी मिलेर दस्ता खडा गरौं र हामीले हस्ताक्षर गरेका बहुदलीय प्रणाली, चुनावी प्रणालीमा जाउँ, कम्युनिष्ट पार्टी जान्छ ।
समाजवादी अर्थतन्त्रलाई पुरै राष्ट्रियकरण गर्नेमा काँग्रेस जान तयार हुनुपर्छ भन्ने कुरा पुष्पलालले राख्दा यो ऐतिहासिक कुरामा विपी मान्नु भएको हो । विपीले पुष्पलालले भनेको काट्न सक्नुहुन्न थियो । पुष्पलाल बाँचेका थिए भने विपी र पुष्पलालको अगुवाईमा २०३६ सालमै बहुदल आउँने थियो । पुष्पलालपछि विपीलाई धारमा ल्याउने मान्छे भएन । त्यसपछि हामी पुष्पलालको कार्यकर्ताको सोच जसरी भएपनि लेकतन्त्र ल्याउनुपर्छ भन्ने थियो । पुष्पलालले भन्नु हुन्थ्यो लोकतन्त्र पुनर्वाहाली भैसकेपछि जनताले आप्mनो कुरा राख्न पाँउछन र विकासले गति लिन्छ । त्यसपछि हामीले जडसुत्रवादी कम्युनिष्ट र काँग्रेसलाई एक ठाउँमा ल्याउने काम गरियो ।

२०४७ देखि २०५० सम्मको समय, पुष्पलालकै योगदानका आधारमा कम्युनिष्टहरु छोटो समयका संसारकै बल शाली बन्ने शक्ति आयो । पछि मदनको हत्या पछि शान्तिपुर्ण स्कुलिङ २०६२÷०६३ सम्म आईपुग्दाको समयलाई कसरी हेर्नुहुन्छ ।
पुष्पलाल अति पपुलर हुन् । त्यति मात्र होइन विदेशमा पनि पपुलर हुनुहुन्थ्यो । पुष्पलालको मृत्यु भारतको गोविन्द बल्लभ पन्त अस्पतालमा भयो । त्यस बखत विरामी हुँदा भारतीय सत्तारुढ जनता पार्टीका अध्यक्ष चन्द्र शेखरले हामी तपाईलाई क्याविनमा राखेर उपचार गराउंछौं भन्दा पुष्पलालले मान्नु भएन् ।
उहाँहरुले भारतको राम्रो अस्पताल र बेलायतमा लगेर उपचार गराउंछौं भन्दा पनि पुष्पलाल मान्नु भएन् । प्रधानमन्त्रीको दुत बनेर जर्ज फ्रण्डान्डेस् गएर सोहि प्रस्ताव राख्दा पुष्पलालले नेपाली जनताले पैसा खर्च गरेर बचाउँछन् भने मात्र उपचार गर्छु भन्नुहुन्थ्यो । पुष्पलालको अन्तिम अन्तिम समय भएको रहेछ । हामीले यो कुरा थाहा पाएर पैसा उठाएर उपचार गर्न जाँदा उहाँको मृत्यु भैसकेको थियो ।
उहाँको मृत्यु केशव खड्काको काखमा भयो । पुष्पलालको अन्तिम वाक्य कार्यकर्ता संगठित हुनुपर्छ, जनता चेतनशील हुनुपर्छ, क्रान्ति अवस्यम्भावी छ, यसलाई कसैले रोकेर रोक्न सक्दैन् । यो वाक्य बोलेर पुष्पलालको निधन भयो ।
यो बिचको २०५० देखि ६३ सम्मको कुरामा चाहिँ संसदमा पुगेपछि मान्छे अल्मलमा परे, सत्ताको मात लाग्यो, सेवा सुबिधाले क्रान्तिकारी स्वभाव स्खलित भयो, त्यहांको वुर्जुवा दलाल वर्गले स्लो पोईजन दियो । अहिले पनि स्लोपोईजन दिई राखेको छ । त्यही कालखण्डमा साथीहरुको विचार परिर्वतनले जनयुद्ध भयो । अधिकांस मानिस हामफाले जनयुद्धमा । यसको अर्को पाटो केलाउन बांकी नै छ तर परिर्वतनको खांतिर त लडेर गणतन्त्र सम्भव भयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All