ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची दुर्घटनामा खानेपानी मन्त्रीलाई दोष किन ?


एबीसी न्यूज
श्रावण ७, २०७७ बुधबार  ३ : ०८ बजे

काठमाडौं । लामो प्रतिक्षापछि राजधानीबासीको धारामा मेलम्चीको पानी आउनै लागेको बेला केहि दिन पहिले एउटा दुखद दुर्घटना भयो । जसले गर्दा मेलम्ची आयोजना र खानेपानी मन्त्रालयप्रति धेरैले आशंका, आरोप र प्रश्नहरु तेस्र्याए । यदि त्यो दुर्घटना नभएको भए अहिलेसम्म मेलम्चीको पानी काठमाडौ आउने प्रक्रिया धेरै अघि बढिसकेको हुने थियो ।

मेलम्चीको पानी परीक्षणको क्रममा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भयो र केहि घाइते पनि भए । तर यो घट्ना हुने बित्तिकै यसलाई राजनीतिकरण गर्ने प्रयास समेत गरियो । आयोजना निर्माणको क्रममा पूरै आयोजनाको कामको गुणस्तरमा समेत गम्भीर प्रश्न उठाइयो । र, यसको सम्पूर्ण दोषी र जिम्मेवार खानेपानी मन्त्री बिना मगर भएको भनेर केहि मिडियामा समाचारहरु पनि आए । बास्तवमा सो घटना हुनुको पछाडिको कारण के थियो ? मेलम्ची जस्ता सुरुङ मार्गका आयोजनामा यस्ताखाले दुर्घटना घट्नु स्वाभाविकै हो ? या यो हुनै नसक्ने घटना भएको हो ? कतिपयले यो खानेपानी मन्त्री बिना मगरले हतार हतारमा आफूले जस लिन पानी परिक्षणको कार्य चाँडो चाँडो गराएको आरोप पनि लगाए । काम ढिला हुँदा किन ढिलो भयो भनेर मन्त्रीमाथि बारम्बार प्रश्न उठाउनु र अर्कोतिर जस लिन हतार हतारमा काम सम्पन्न गर्न लगाएको भन्ने आरोपहरु पनि लगाईनु आफैंमा विरोधाभाष छ ।

खानेपानीको अभावमा बर्षौं बिताएका र वर्षौंदेखि मेलम्चीतिर आफ्नो आँखा सोझ्याएर बसिरहेका राजधानीबासीका लागि मेलम्चीको पानी ल्याउन हतार गर्नु या सम्बन्धित पक्षलाई प्रेसर दिनु के खानीपानी मन्त्रीको अपराध हो ? या त्यसो गर्नु स्वभाविक हो ? सो दुखद दुर्घटनाका कारण अव मेलम्चीको पानी पाउन राजधानीबासीले अरु कति समय प्रतिक्षा गर्नुपर्ने हो ? बास्तवमा परिक्षण गरिनु भनेको कमी कमजोरी पत्ता लगाउनका लागि नै हो । ताकि कहि कतै कमजोरी या प्राविधिक त्रुटी पाइयो भने त्यसलाई समयमै समाधान गर्न सकियोस् ।

कसरी भयो दुर्घटना ?

बास्तवमा दुर्घटना जहिले पनि आकस्मिक हुने गर्छ, नियोजित बाहेक । अहिलेसम्म प्राप्त सबै तथ्य अध्ययन गर्दा मेलम्चीमा भएको दुर्घटना पनि आकस्मिक नै हो । मेलम्चीको सुरुङ परीक्षण गर्ने क्रममा असार ३० गते अचानक आयोजनाको मुहानस्थल हेलम्बु गाउँपालिका वडा १ अम्बाथानस्थित १७ नम्बर गेट खुल्दा ईन्जिनियर सतिस गोईत सहित अन्य चार जनालाई पानीले बगाएको थियो । जसमध्ये ईन्जिनियर सतीश कुमार गोइतको दुर्घटनामा ज्यान गयो । मेलम्चीको पानी चाँडै उपत्यकाबासीको धारामा पु¥याउने पवित्र उद्देश्य राखेर गरिएको काममा अचानक धक्का लाग्न पुग्यो ।

पानीको भेलले बगाएका कारण सवारी चालक राधाकृष्ण थापामगर अझै बेपत्ता भएका छन् भने घटनामा घाईते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको उपचार भईरहेको छ । नेपाल र सशस्त्र प्रहरीको सहयोगमा सवारी चालक थापामगरको खोजी कार्य तीव्र पारिएता पनि हालसम्म कुनै सूचना प्राप्त हुन नसकेको अवस्था छ ।

दुर्घटना हुनु र त्यसमा कसैको ज्यान जानु ज्यादै नै दुखद कुरा हो । दुर्घटनाको खास कारण के थियो ? सम्बन्धित मन्त्रालयले यसको छानविन गरिरहेको छ । र सायद केहि दिनपछि नै त्यसबारेमा सत्य तथ्य बाहिर आउने छ । विज्ञसहितको टिमले छानविन गरिरहेकाले त्यस सम्बन्धमा धेरै टिप्पणी गर्नुको अर्थ छैन । यो घटनाले आयोजनामा केहि ढिलाई अवश्य भएको छ तर पनि आयोजनाले आफ्नो काम सुचारु नै राखेको छ । दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर गोइतको परिवारमा परेको पिडा र क्षतिलाई हामीले त महशुस मात्रै गर्न सक्छौं । तर त्यो अपुरणीय क्षतिले परिवारलाई बहुतै ठूलो पिडामा पारेको छ । यस्तो अवस्थामा उनीहरुको परिवारको पिडामा सम्बन्धित पक्षले मल्हम लगाउने प्रयास गर्न जरुरी छ । र,उनको परिवारलाई आवश्यक क्षतिपुर्ति या अरु के गर्न सकिन्छ त्यो गर्नै पर्छ । केही दिन अघि खानेपानी मन्त्री बिना मगरले मृतकका परिवारलाई क्षतिपूर्ति र बीमाको रकम उपलब्ध गराउन आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिईसक्नुभएको छ ।

यस्तो छ प्राविधिक पाटो

विज्ञहरुका अनुसार राष्ट्रिय गौरवको मेलम्ची आयोजनामा घटेको दुखद घटनालाई प्राविधिक पाटोबाट पनि हेर्नुपर्छ । हाल आयोजना निर्माणको जिम्मेवारी लिएको सिनो हाइड्रोले सुरुङ परीक्षणको काम अघि बढाएको अवस्थामा त्यो दुर्घटना भएको हो । जुन ठाउँमा दुर्घटना भयो, त्यसको निर्माण जिम्मेवारी सब कन्ट्रयाक्टरको रुपमा भारतीय कम्पनी प्रेसिजन इन्प्राटेकले लिएको थियो । आयोजनामा भएको कामको परीक्षणको अवस्थामा दुर्घटना भयो । परीक्षण भनेकै काम कस्तो भयो, कमजोरी केही छ कि भनेर पत्ता लगाउनका लागि गरिने कार्य हो ।

यहाँ त्यही कमजोरी पत्ता लगाउने क्रममा दुर्घटना भयो । धेरैले दुर्घटना बाँध फुटेर, नट बोल्ट फुस्केर भएको जस्ता अनेक खाले प्रचार गरिरहेका छन् । तर, यसका प्राविधिक पाटाहरुलाई केलाएर दुर्घटना यसरी भएको हो भनेर स्पष्ट पार्नेभन्दा पनि विभिन्न अनावश्यक विषय जोडेर प्रचार गरिएको छ ।

दुर्घटनाबारे विज्ञ प्राविधिक र जानकारहरुबाट मात्र आधिकारिक धारणा आउन सक्छ र अहिले भएका गल्ती कमजोरीहरु सुधारेर अघि बढनुको विकल्प छैन । यसको लागि सिनो हाइड्रो, प्रेसिजन, कन्सल्ट्यान्टको रुपमा रहेको स्पेनिस परामर्शदाता ईप्टिसाले थप अध्ययन र जोखिम न्यूनीकरणका लागि अध्ययन गरिरहेको छ । तर, आकस्मिक दुर्घटनालाई मन्त्री र मन्त्रालयसँग मात्रै पुर्वाग्रही ढंगले जोडेर आयोजनालाई थप ढिलाईतर्फ धकेल्न खोजिएको छ ।

दुर्घटनालाई न्युनीकरण गर्दै मेलम्चीको काम आज सकिएको अवस्थामा पुगेको छ । मेलम्चीको काम सकिएर पानी परीक्षण गर्ने क्रममा जुन किसिमको दुर्घटना भयो त्यो घटनाले मन्त्रालय र आयोजना सबैलाई स्तब्ध बनाएको छ । दक्षिण एसियाकै सबभन्दा ठूलो टनेलका रुपमा मेलम्चीको टनेललाई लिने गरिएको छ । यति ठूलो टनेल निर्माणको काम सम्पन्न भएर आज काठमाडौं उपत्यका बासीको घर घरमा पानी आउने स्थितिमा अचानक भएको यस किसिमको दुर्घटनालाई मन्त्रालयले निकै गम्भीर रुपमा लिएको छ । आगामी दिनमा यस्तो दुर्घटना नहोस् भनेर मन्त्री मगरले आयोजनाका ईन्जिनियर, प्राविधिक लगायतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

सुरुङ इन्जिनियरहरुका अनुसार सुरुङमा पानीको बहावबाट हुने दुर्घटना, पहाड फुटाउँदा , टनेलभित्रको पानी हटाउँदा , ढुंगा खसेर हुने , प्राविधिक गडबडीको कारण हुने धेरै प्रकारका दुर्घटनाहरु हुन सक्छन् । मेलम्चीको पछिल्लो दुर्घटना भने प्राविधिक गडबडीको क्रममा भएको दुर्घटना मान्नुपर्ने विज्ञहरुको मत छ । यसो भन्दैमा दुर्घटना हुनु सही भन्ने कुनै पनि दृष्टिकोणसँग सहमत हुन सकिन्न । तर, यो दुर्घटनालाई अनेक राजनीतिक र विविध रंग पोतेर जसरी प्रचार गरिएको छ, त्यो चाहि पक्कै पनि न्यायोचित नहोला ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com