ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडले जित्यो ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि


एबीसी न्यूज
श्रावण २, २०७७ शुक्रबार  ६ : ५१ बजे

काठमाडौं, २ साउन ।  स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै रियलले इतिहासमा ३४ औं पटक लिगको उपाधि हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनायो । उसका लागि लुका मोड्रिचको पासमा करिम बेञ्जिमाले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले ७३ औं मिनेटमा पेनाल्टी पायो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन । किनकी उनले आफूले नहानेर बेञ्जिमालाई पास दिन खोजेका थिए । तर फेरि रामोसको सट्टा बेञ्जिमाले प्रहार गरेपछि सहज गोल भयो ।

एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो । त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन र रियल विजयी भयो ।

यता त्यही समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्यो । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।

६२ औं मिनेटमा मेस्सीले फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे पनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तर पनि उसले इञ्जुरी समयमा रोबर्टो टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्यो । योसँगै रियलले एक खेल बाँकी हुँदै लिगको उपाधि पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com