ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरको लकडाउन सदुपयोग, जन्मियो ‘प्रेमको भाइरस’


एबीसी न्यूज

काठमाडौं , १ साउन ।  लकडाउनको तीन महिनामा साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले ‘प्रेमको भाइरस’ नामक उपन्यास तयार पारेका छन्। लकडाउनको समयमा अडियो एवं डिजीटल माध्यमबाट पुस्तक सार्वजनिक गर्ने तयारीमा रहेका सुरेन्द्रको उपन्यासमा भाइरसको महामारी र त्यसक्रममा भएको जुनी जुनीसम्मको प्रेमको कथा बुनिएको छ। पूर्वजन्म, पुनर्जन्म र विश्वमा फैलिएका अनेकौं महामारीको विस्तृत चर्चा गरिएको उपन्यास ‘प्रेमको भाइरस’ले विश्व भातृत्व, प्रेम र सदभावको सन्देश दिएको उनकाे भनाई छ।

‘लकडाउन कसरी बिताउँ भन्ने लागिरहेको थियो, उपन्यासको प्लट फुरीहाल्यो, अनि लेख्न बसें’, हालसम्म दर्जनौं कृति पाठकमाझ ल्याइसकेका सुरेन्द्रले भने, ‘प्रेमको भाइरस यस्तो हुन्छ जुन एक जुनीबाट अर्को जुनीसम्म संक्रमण हुन्छ भन्ने उपन्यासको मुख्य प्लट हो।’ यस अघि सुरेन्द्रका ‘अनुष्का’, ‘मिस्ड कल’ र ‘अदभूत’जस्ता उपन्यास पाठकमाझ आइसकेका छन्, जसको अडियो भर्सन युट्युवमा सुन्न सकिन्छ। गीत, हाइकू, तान्का, गीती नाटक, मुक्तक, लघुकथा र चित्रकला विधामा समेत आफ्नो कला पस्कीसकेका सुरेन्द्र हरेक वर्ष कुनै न कुनै कृति सार्वजनिक गर्दै आएका छन्।

सुरेन्द्र महर्जन अमरका अहिलेसम्म दुई दर्जन कृति प्रकाशित भैसकेको छ भने अझै पुस्तक, एल्बम आदि बजारमा चाँडोभन्दा चाँडै निष्कासन हुँदैछ । काठमाडौं, पुतलीसडकका रैथाने सुरेन्द्रले सानैदेखि लेख्न थालेका हुन्। लेखनमा रस बस्दै गएपछि उनले साहित्यका धेरै विधामा हात हाले। उनका गीतले विभिन्न सम्मान तथा म्युजिक अवार्ड पनि पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com