काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि चुनावी गतिविधि गर्न नपाइने व्यवस्था अनुरुप मौन अवधि सुरु भएको हो । मौन अवधिमा मत माग्न र प्रचार प्रसार गर्न समेत पाइदैन ।
दोस्रो चरणमा प्रतिनिधी र प्रदेशसभाको निर्वाचन हुने ४५ जिल्लामा राजनितिक दल तथा उम्मेदवारले मतदातासंग मत माग्ने र चुनावी प्रचार प्रसारको गर्ने अवधि सोमाबार मध्यरातीबाट समँप्त हुदैछ । मंसिर २१ गते हुने निर्वाचनलाई लक्ष्ँित गरेर सोमबार मध्य रातिदेखि मौन अवधि सुरु हुने भएको हो । मौन अवधिमा निर्वाचन नसकिएसम्म राजनीतिक दल, उम्मेदवार, नेता कार्यकर्ता, नागरिक समाज, मतदाता तथा सञ्चारमाध्यमले चुनावी प्रचारप्रसार गर्न नपिँइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटर, भाइवरजस्ता सामाजिक सञ्जालमार्फत पनि भोट माग्न र चुनावको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका चुनाव प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।
दोस्रो चरण अन्तरगत ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा १ हजार ६ सय ६३ तथा प्रदेश सभामा २ हजार ८ सय १९ उम्मेवार चुनावी मैदानमा छन । यस चरणमा प्रतिनिधिसभाका लागि १ सय २८ र प्रदेशसभाका लागि २ सय ५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख भन्दा बढि मतदाताले भाग लिदैंछन् । यस्तै १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ५५ हजार कर्मचारीे खटाएको आयोगले जनाएको छ ।
२१ गते बिहिबार ७ बजे देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान हुने दिन भन्दा ४८ घण्टा अघि मौनअवधि रहने कानुनी व्यवस्थाको कारण सोमबार १२ बजे देखि प्रचार प्रसारमा रोक लगाइएको हो ।
मौनअवधिमा उमेद्वार आफैले वा अरु कसैले पनि प्रचार प्रसार गर्न नलगाएको पाइएमा समेत कारवाही हुने आयोगले जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन गरेमा मनोनयन समेत रद्द हुन सक्ने कानुनी प्रावधान रहेको छ । मौन अबधीमा मतदाताले सबै राजनितिक दल, उम्मेद्वारको समिक्षा गरी कसलाई मत दिने भन्ने निर्णय गर्ने समय भएकोले समेत मौन अवधिमा प्रचार प्रचारमा रोक लगाइने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्