काठमाडौं, १८ मंसिर
नेकपा एमाले अध्यक्ष केपी ओलीले बामगठबन्धन बाहेक अरुलाई मत दिनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलको बामगठबन्धनलाई नै भोट किन दिने ? भन्ने प्रश्नको जवाफ दिंदै अध्यक्ष ओलीले बामपन्थी बाहेक अरुलाई भोट किन दिने ? भनेर प्रति प्रश्न गर्नुभएको छ । उहांले नेपालमा बामपन्थी बाहेक अरुलाई मत दिने कुनै कारण नभएको भन्दै मुलुकको समृद्धि, लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणका लागि पनि बामगठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्