लागु औषधसहित दुई जना पक्राउ



पर्सा, १५ असार । इलाका प्रहरी कार्यालय प्रसौनी बाराले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय प्रसौनीले १९२ थान नुर्फिन लगाएतका लागू औषध सहित ना १० प ९१०२ नम्बरको मोटरसाइकल पक्राउ गरेको हो ।  पक्राउपर्नेमा जिल्ला पर्सा बिरगंज महानगरपालिका १२ मुर्ली बस्ने बर्ष ४५ को बाबुलाल साह कानु र ११ श्रीपुर बस्ने बर्ष ४६ को श्रीकान्त ठाकुर रहेको प्रहरीले जनाएको छ ।

उनिहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक ओम यादबले जानकारी दिनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All