ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत छैन – प्रधानमन्त्री ओली


एबीसी न्यूज


काठमाडैं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँगको सहकार्यमा नै सरकार अगाडि बढ्ने भएकाले कुनै पनि प्रकारको दुविधा नराख्न स्पष्ट पार्नुभएको छ । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सव समारोहलाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै उहाँले व्यवसायीलाई अप्ठ्यारो पार्ने सरकारको नियत नभएको बताउनुभएको छ ।

उहाँले निजी क्षेत्रसँग मिलेर नै सरकारले आफ्ना गतिविधि अगाडि बढाउने भएकाले व्यवसायीलाई अप्ठ्यारो बनाउनेतर्फ सोच्न पनि नसकिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले उद्योगी तथा व्यवसायीको भूमिकाको समेत सरकारले कदर गर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशको विकास र समृद्ध नेपालको प्रयासमा हामी मिलेर नै अगाडि बढ्ने हो । सरकारको नियत हतोत्साही गर्ने, असहयोग गर्ने नीति नै छैन । त्यस्तो विषयमा सोच्नसमेत सकिँदैन ।”

कोरानाका कारण अर्थतन्त्रमा परेको सङ्कटबाट कसरी बचाउने, पुनःउत्थान गर्दै भावी रणनीति तय गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरेकामा प्रधानमन्त्रीले परिसङ्घलाई बधाई तथा शुभकामना समेत दिनुभयो । सन् २०० मा स्थापना भएको परिसङ्घले नेपालको उद्योग, उत्पादनमूलक एवं सेवाका क्षेत्रका महत्वपूर्ण काम गरेको र अर्थतन्त्रलाई माथि उठाउन पु¥याएको योगदान सराहनीय रहेको तथा क्षेत्रीय र अन्तरराष्ट्रियस्तरमा समेत आफ्नो छवि स्थापना गरेकामा खुशी प्रकट गर्नुभयो ।

निजी क्षेत्रकै आग्रहमा सरकारले अख्तियारसम्बन्धी विधेयक अगाडि नबढाइएको र नियमन गर्ने निकाय अरु नै रहेकोसमेत स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रको भ्रष्टाचारसम्बन्धी काम कारवाही हेर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रवेश दिने कानूनबाट अहिलेलाई सरकार पछि हटेको छ । व्यवसायीको आग्रहबमोजिम नै सरकार यो विषयबाट पछि हटेको हो । उद्योग व्यवसायका क्षेत्रमा परेको समस्या समाधानका लागि सरकारले आवश्यक निर्णय गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले भन्नुभयो, “स्वभाविकरुपमा निजी क्षेत्रका काम कारवाही, व्यवसायजन्य कुरालाई नियमन गर्ने थुप्रै निकाय हुँदाहुँदै अख्तियारले पनि हेर्ने कुरा आयो, तपाईंहरुको असहमतिका विषयमा केही दिन पहिले पनि मैले यो अहिले आवश्यक छैन भनेको थिएँ ।” उद्योग, व्यापार तथा सेवाका क्षेत्रमा परिसङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेकामा उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले क्षेत्रमा सिएनआइले खेलेको भूमिका सराहनीय रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।

मानव जातिले अप्ठ्यारो परिस्थिति झेल्दै आएको र त्यस्ता परिस्थितिबाट पारसमेत पाउने उल्लेख गर्नुभयो । राष्ट्रिय परिवेशमा उद्योग व्यवसायका क्षेत्रमा गरेको योगदानलाई थप विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “अहिले देखिएका सबै समस्या साझा समस्या हुन् समाधान पनि साझा तवरले नै गर्नेछाँै । उपलब्धि हुँदा पनि सबैका लागि, अप्ठ्यारो प¥यो भने पनि हामी सबै एकजुट भएर समाधान गर्नुपर्छ ।”

कोरोनाको महामारीका कारण यतिखेर सरकारको प्रमुख दायित्व जनताको जीवनरक्षा नै भएकाले त्यसैमा केन्द्रित गरेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले पछिल्ला दिनमा विपत्तीले पारेको असरबाट मुक्त भएर कसरी अगाडि बढ्ने सन्दर्भमा सबैको साझा प्रयास हुनुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकाले त्यसलाई पूर्ववत् अवस्थामा ल्याउन मेहनतको जरुरी रहेको आवश्यकता आँैल्याउनुभयो । प्रधानमन्त्रीले परिसङ्घले दिने सुझावलाई सरकारले आत्मसात् गरेर अगाडि बढ्नेसमेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com