ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो टोपीले मलाई आन्दोलनमा कहीँकहीँ लाभ पनि पुर्यायो – मदन भण्डारी (फरक फोटो फिचर)


एबीसी न्यूज
असार १४, २०७७ आईतबार  ५ : १४ बजे

काठमाडौं । नेपाली वाम लोकतान्त्रिक राजनीतिमा सधैंभर चर्चामा रहेको जननेता मदन भण्डारीको प्राय टोपी लगाएका तस्विरहरु मात्र देख्न पाइन्छ । सन् १९९० को दशकमा प्राय नेपालका वामपन्थी नेताहरुले टोपी लगाउंदैनथे । पञ्चायती व्यवस्थकालभर टोपी लगाउने भनेको पञ्च र कांग्रेस हुन् भन्ने बुझिन्थ्यो । तर मदन भण्डारी बनारस पढ्न गएपछि त्यहां भारतीयहरुले नेपालीलाई हेपेको देखेपछि जबाफका रुपमा टोपी लगाउन थालेको रोचक प्रसंग जापानी पत्रकार कियोको ओगुरालाई बताएका थिए ।

चीन भ्रमणका क्रममा तत्कालीन चिकपाका पीवीएम हु जिन्ताओसंगको वार्तामा । हु पछि चीनका राष्ट्रबति भए । (तस्बीरमा मदनभण्डारीबाट)

तपाई किन कहिल्यै पनि टोपीबिना हिँड्नुहुन्न ?
म इण्डियामा बस्दाखेरी त्यहाँ नेपालीहरुप्रति जुन हेलोहोचो गर्ने काम इण्डियनहरुबाट हुन्थ्यो, त्यसले गर्दा कतिपय हाम्रा नेपाली भाईहरु आफुलाई भारतीय हौँ भन्ने देखाएर उनीहरुको हेपाईबाट बच्ने गर्ने र म चाहिँ त्यसो गर्नु अनुचित हो भनेर अफु टोपी लगाएर हिँड्ने अनि कसैले हेला—हेपाईं गर्यो भने त्यसँग जुध्ने गर्थे ।
यस्तो एउटा सोच र एउटा क्यारेक्टर बनेको हुनाले म जहिले पनि टोपी लगाउँथे । यो टोपीले मलाई आन्दोलनमा कहीँकहीँ लाभ पनि पुर्यायो । जस्तोकि पुलिसहरुको निकटबाट गुज्रिनु पर्दा टोपी लगाएकाले उनीहरुले सरकारी मान्छे होला भनेर छाडिदिन्थे ।

भूमिगत हुनुभन्दा पहिले मदन दम्पत्ति । मदन धर्मपत्नी विद्याभण्डारी हाल राष्ट्रपति हुनुहुन्छ ।

मदन भण्डारीले भारतीय हेपाहा प्रवृत्ति विरुद्ध सधैं टोपी लगाइरहेको रहस्यमप्रति कुनै शंका हुँदैनथ्यो ।

विदेशी पाहुनाहरुका साथमा बायांबाट क्रमशः विद्या भण्डारी, इश्वर पोखरेल, माधव नेपाल र मदन भण्डारी अन्य विदेशी पाहुनालाई समेत टोपी लगाइदिएर । (तस्वीरमा मदनभण्डारीबाट)

तर आनदोलनकारीहरुको बीचमा पुग्दा टोपी झिकेर गोजीमा हाल्नुपथ्र्याे नत्र ढुँगा खाने डर हुन्थ्यो । यो एउटा जोक नै जस्तो तर, रियालिटीको कुरा भयो । त्यो भन्दा अगाडि अन्डरग्राउण्ड पिरियडमा विभिन्न अप्ठेरा ठाउँमा जाँदा पनि यही टोपीकै कारणले म धेरै ठाउँमा जोगिएको छु ।

मलाई लुक्न सजिलो भएको छ र मान्छेहरुले यही टोपीकै कारणबाट यो पार्टी लिडर या क्याडर होला, यो कुनै प्रतिबन्धित मान्छे होला भन्ने शंका गर्न पाएनन् ।

सीपी मैनाली र केपी ओलीका ससाथमा मदन भण्डारी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्ध : इरानको इस्पात उद्योगमाथि आक्रमण, क्षेत्रीय तनाव तीव्र

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com