
काठमाडौं, १३ असार । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोडको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९२ हजार नयाँ संक्रमित थपिएसंगै विश्वभर कोरोना भाइरस संक्रमित संख्या १ करोडको नजिक पुगेको हो ।
कोरोना भाईरसको संक्रमणबाट मृत्यू हुनेको संख्या ५ लाख पुगेको छ । हालसम्ममा करीव ५४ लाख उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना भाइरसको संक्रमण विश्वका २१३ मुलुकमा फैलिसकेको छ । कोरोना संक्रमित, मृत्यू र संक्रमण पश्चात निको हुने मानिस सबैभन्दा बढी रहेको मुलुक अमेरिका रहेको छ ।
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख २७ हजार ६४० जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या २५ लाख ५३ हजार ०६८ रहेको छ । अमेरिकामा शनिबार सम्ममा १० लाख ६८ हजार ७६८ जना उपचारपछि निको भएर घर गएका छन । कोरोना संक्रमित सबैभन्दा बढी रहेको अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरै संक्रमित फेला परे भने भन्डै १ हजार कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै ब्राजिलमा हालसम्म १२ लाख ८० हजार ५४ जना संक्रमित हुँदा ५६ हजार १०९ जनाको मृत्यु भएको छ । यस्तै रुस ब्राजिलपछि सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएको मुलुक रहेको छ । रसियामा ६ लाख २७ हजार ६४६ संक्रमित हुँदा ८ हजार ९६९जनाको मृत्यु भएको छ ।
रसियामा कोरोना संक्रमित उच्च रहेपनि मृत्यू दर भने निकै कम रहेको छ । अमेरिका,ब्राजिल र रसिया पछि विश्वमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको मुलुकमा छिमेकी मुलुक भारत रहेको छ । भारतमा पछिल्लोे २४ घण्टामा १८ हजार नयाँ संक्रमित थपिएका छन भने हालसम्ममा १५ हजार ७ सय जनाको कोरोना संक्रमणबाट मृत्यू भैसकेको छ । संक्रमितको संख्या ५ लाख ९ हजार ७५३ जनामा कोरोना भाइरस पुष्टि भै सकेको छ । भारतमा पनि संक्रमणको दर उच्च रहेको मुलुकमा रहे पनि मृत्युदर र भने कम रहेको छ ।
विश्वमा कोरोना सक्रमित उच्च रहेका १५ मुलुकमा बेलायत, स्पेन, पेरु, चिली इटाली, इरान, मेक्सिको, पाकिस्तान, टर्की, जर्मनी, साउदी अरबिया रहेका छन् । विश्वभर कोरोना संक्रमित मध्ये ४० लाख ५२ हजार ४६५ चालु केश रहेको छ । चालु केश मध्ये ९९ प्रतिशत सामान्य अबस्थामा छन भने १ प्रतिशतको अबस्थामात्र जटिल छ ।
कोरोना संक्रमणको बन्द केशमध्ये ९२ प्रतिशत निको भएर घर फर्केका छन भने मात्र ८ प्रतिशतको मृत्यू भएको छ । यो तथ्यांकले पनि कोरोना संत्राश कम हुदै गएको देखाएको छ । कोरोना भाइरस डिसेम्बर अन्तिम साताबाट चीनको हुपेइ प्रान्तको उहान शहरमा देखिएको थियो । तर त्यसको दुइ महिनापछि फेवअ्ररी २०२० देखि कोरोना संक्रमण अमेरिका युरोप हुदै विश्वभर नै फैलन सुरु गरेको थियो । विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमण तीव्र रुपमा विश्वभर फैलिन सुरु गरेसंगै कोरोना भाइरस प्रकोपलाई विश्वव्यापी महामारीको संज्ञा दिएको थियो । भने संक्रमणलाई कोभिड–१९ नाम दिएको थियो । कोरोना संक्रमण अहिले पनि नियन्त्रण बाहिर रहेको छ । विश्वले नै यतिखेर कोरोनाको नियन्त्रण गर्न र संक्रमणबाट जोगिन अथक प्रयास गर्दै आएको छ ।
कोरोना संक्रमणबाट बाँच्न विश्वव्यापी रुपमै यो वा त्यो रुपमा लकडाउनको अभ्यास पनि जारी रहेको छ । केही साता पहिलेसम्म लगभग आधा विश्व नै लक डाउनमा रहेको थियो । हाल क्रमिक रुपमा लकडाउन खुकुलो पार्दै विश्वकै अर्थतन्त्र चलायमान बनाउदै गरेको अबस्था रहेको छ । तर पनि संक्रमणको जोखिन नटरेको हुदा नेपाल जस्तो मुलुकले भौतिक, दुरी कायम गदै जनजीवन चलाउनुपर्ने हुन्छ भने । विश्व जगत,बैज्ञानीकहरु र विश्वस्वास्थ्य संगठनले भने औषधि र खोपको खोजी गर्न जरुरी छ ।







प्रतिक्रिया दिनुहोस्