ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किए


एबीसी न्यूज


काठमाडौँ, १२ असार ।  आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आजै सबैभन्दा धेरै नेपाली आएका छन् । १६ वटा शव पनि ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक शव स्वदेश ल्याइएको छ । यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानमार्फत २७३ जना नेपाली स्वदेश आइपुगेका छन् ।

बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो ।

कुवेतमा आममाफीमा सहभागी भएकाहरुको स्वदेश फिर्तीका लागि भएको यो ११ औं उडान हो । अहिलेसम्म आममाफीमा सहभागी १७ सय २५ जना नेपाल फर्किएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार जजिराले अब जुन २९ र ३० मा नेपाली लिएर आउनेछ । जजिराले दिनहुँजसो नेपाली लिएर आउने गरेकोमा केही दिन विशेष कारणले उडान स्थगित भएको राजदूत भण्डारीले बताउनुभयो ।

यस्तै आज नेपाली लिन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङ्कङ, अस्ट्रेलियाको मेलवर्न, यूएईको दुबई र साउदीको रियाद जाँदैछन् ।

हिमालय एअरलाइन्सको चार्टर्ड जहाज भने यूएईको आबुधाबी र साउदीको दमाम जाँदैछ । आज गएको जहाजले भोलि नेपाली लिएर फर्कने छ । नेपाली ल्याउन, लिन जान र कार्गो जहाजसहित आज त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको छ भने आन्तरिकतर्फ ८ वटा उडान भएका छन् । भोलि विभिन्न ८ देशबाट नेपाली स्वदेश फर्कने तालिका रहेको विमानस्थलले जनाएको छ ।

यस्तै भोली शनिबार साउदीबाट नेपाली लिएर आउने जहाजले १६ वटा शव पनि ल्याउने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com