ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल उद्योग परिसंघको टोली र प्रधानमन्त्री बीच भेटवार्ता


एबीसी न्यूज
असार ८, २०७७ सोमबार  ८ : ३० बजे

काठमाडौं, ८ असार । उद्योगीहरूको संगठन नेपाल उद्योग परिसंघको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संग भेटवार्ता गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू क्रमशः अनुज अग्रवाल, निर्वाण चौधरी र वीरेन्द्रराज पाण्डेलगायतको टोलीले भेटेको हो ।

परिसंघका अध्यक्ष मोरले भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको बताउनुभयो । उहाले छलफलमा वर्तमान अवस्थामा उद्योगले भोग्नु परेको समस्या र त्यसको समाधानका उपायहरूको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । भेटमा अध्यक्ष मोरले कोरोना भाइरसका कारण देशमा अहिले लगातार तीन महिनादेखि पूर्ण र आंशिक लकडाउन भएका कारण उद्योग, व्यापार तथा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको बताउनुभएको थियो ।

नेपालको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्ने भएकोले यस्तो प्रतिकूल परिस्थितिमा उद्योग व्यवसायको संरक्षण गरी अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि विशेष नीतिगत व्यवस्था गरिनुपर्ने कुरा परिसंघको तर्फबाट प्रधानमन्त्रीको लागि लेखेको सुझाव समेत पढेर सुनाउनु भएको थियो । नेपालमा बाह्य पुँजी भित्र्याउनको लागि सहज अवस्था सिर्जना गराउने र देशमा लगानी वृद्धि भई थप रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने परिसंघको सुझाव थियो ।

विद्यमान उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानुनका केही झन्झटिला प्रकृयाहरूलाई केही वर्षको लागि खुकुलो बनाई आन्तरिक तथा बाह्य लगानी प्रवद्र्धन गर्नका लागि पनि आग्रह गरिएको परिसंघका अध्यक्ष मोर जानकारी दिनुभयो । सुझावका सन्दर्भमा प्रधानमन्त्रीले सकारात्मक धारणा राखेको राख्नु भएको छ । उअनले निजी क्षेत्रलाई दुःख दिने सरकारको मनसाय नभएको भन्दै आवश्यक सहजीकरण हुने भन्दै नडराउन भनेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै मोरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

त्रिभुवन विमानस्थलमा गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमन

हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी असुलको आरोप : टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

ओली थप २ दिन हिरासतमा रहने

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com