
सुर्खेत ८ असार । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। आकस्मिक कक्षमा उपचार गराइरहेका ३ जना विरामीको उपचारमा खटिनु भएका स्वास्थ्यकर्मीलाइ सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनि तीन जनाको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो। पिसीआर परीक्षणका क्रममा तीमध्ये पाँच जनामा कोरोना पुष्टि भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिनुभयो । कोरोना पोजेटिभ भएका स्वास्थ्यकर्मीलाई प्रदेश अस्पतालकै आईसोलेशन वार्डमा राखिएको छ । प्रदेश अस्पतालमा कार्यरत एक विशेषज्ञका अनुसार पोजेटिभ देखिएकाहरुमध्ये ४ जना प्रयोगशालामा कार्यरत हुनुहुन्छ भने एक जना भने एक्सरे कक्षमा कार्यरत हुनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस्