ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले


एबीसी न्यूज

कैलाली, ८असार । धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ ।

रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना तथा पानीको स्टल निर्माण गरी सहयोग गरेको कोलाबोरेटिभ्स प्रालिका अध्यक्ष गजेन्द्र शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार ६०३ प्लेट खाना खुवाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “घर नगएको महिना दिन बढी भइसक्यो, परिवारका सदस्यलाई जोखिममा पर्न नदिन धनगढी–४ उत्तरबेहडीस्थित एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिनमा बसेर सहयोग गरेका हौँ ।”

विभिन्न गैरसरकारी सङ्घसंस्था, स्थानीय व्यापारी, दिदीबहिनी महिला समूह युके, विदेशमा बसोबास गर्दै आएका नेपालीलगायतको प्राप्त सहयोगबाट खाना तथा पानीको व्यवस्थापन गरिएको बताइएको छ । जनस्तरबाट स्वःस्फुर्तरुपमा इच्छुक व्यक्तिबाट नगद नलिई आवश्यकीय खाद्य सामग्री सङ्कलन गरी नेपालीलाई खाना र पानी खुवाउने कार्यक्रम गरिएको हो ।

कोरोना सन्त्रासका कारण भारतबाट आएका नेपाली यात्रुलाई हेलाको दृष्टिकोणले हेरिने तथा उनीहरुलाई लामो दूरीको गन्तव्य स्थानसम्म पुग्न समस्या हुने भएकाले बसमा प्याकिङ खानाको समेत व्यवस्था गरिएको प्रालिका संस्थापक सदस्य देवेन्द्र जोशीको भनाइ छ । सदस्य जोशीले भन्नुभयो, “खानपिनका साथै बिचल्लीमा परेकालाई उनीहरुका घरपरिवार, आफन्त र स्थाीनय जनप्रतिनिधिसँग पनि सम्पर्कका निम्ति निःशुल्क आपत्कालीन फोन सेवा उपलब्ध गराएका थियौँ ।”

कोरोनाका कारण भारतको हल्दानीबाट भोकप्यास र थकानको यात्राबाट आइपुगेका धनगढी उपमहानगरपालिका–२ का हरि नेपालीले युवा समूहले नेपाली दाजुभाइलाई बिना स्वार्थ निःशुल्क खाना खुवाइरहेको देख्दा आफ्नो देश, गाउँघर र दाजुभाइ भएको अनुभूति गर्न पाएको भावना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com