ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अमेरिकी–चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव’ – अमेरिकी प्राध्यापक


एबीसी न्यूज
असार ५, २०७७ शुक्रबार  ७ : २९ बजे


वासिङ्टन, ५  असार । अमेरिकी तथा चिनियाँ अर्थतन्त्रलाई पूर्णतया छुट्टयाउन असम्भव हुने भन्दै यस्तो कार्यले चीनसँग मात्र नभई विश्वका अन्य मुलुकसँगपनि अमेरिकाको आर्थिक सम्बन्धमा कमी आउने अमेरिकी प्राध्यापकहरूले जनाएका छन् ।

तथाकथित (डिकपलिङ) नीतिले अमेरिकी अर्थतन्त्रलाई कमजोर बनाउने धारणा जर्ज वासिङ्टन विश्वविद्यालयका राजनीति शास्त्र तथा अन्तर्राष्ट्रिय मामिलाविद् प्राध्यापक हेनरी फारेल र जर्जटाउन विश्वविद्यालय एडमण्ड ए। वेल्स स्कूल अफ फरेन सर्भिसका प्राध्यापक अब्राहम न्यूम्यानद्वारा लेखिएको फोली अफ डिकपलिङ चाइना नामक अमेरिकी राजनीतिक पत्रिका ‘फरेन अफियर्स’ एक विश्लेषणात्मक आलेखमा बताएका हुन् ।

उहाँहरूले आफ्नो लेखमा भन्नुभएको छ, “चीनमाथिको जोखिमपूर्ण आर्थिक निर्भरतालाई हटाउन चिनियाँ अर्थतन्त्रसँगको सम्बन्धलाई अलग गरिने सोचसहितको असावधानीपूर्ण प्रयासले त्यो मुलुकलाई मात्र होइन कि बाँकि विश्वलाई पनि स्वस्थ र महत्वपूर्ण आर्थिक सम्बन्ध बिस्तार गर्ने बाटोलाई बन्द गरिदिन्छ ।”

उहाँहरूले भन्नुभयो, “चीनको अर्थतन्त्र विश्वबाट सहजै अलग गर्न सकिने भिन्न जीव होइन बरू सायमिज जुम्ल्याहा हुन जसको सम्बन्ध स्नायु तन्तु, साझा अङ्ग र संयुक्त सञ्चार प्रणालीसँग जोडिएको छ ।”

ती दुई विज्ञहरूले हुवावे माथिको प्रतिबन्धको उदाहरण दिँदै लेखमा भनेका छन्, “हुवावेको पहुँचलाई अमेरिकी प्रविधिमा प्रतिबन्ध लगाइँदा विदेशी कम्पनीहरूले आफ्नो आपूर्ति सञ्जाललाई गैर–अमेरिकी प्रबिधिमा मिल्नेगरी पुनः संरचना गर्न उद्दत ग¥यो ।”

उनीहरूले भनेका छन्, “अमेरिकामा हुवावेको पहुँचलाई अमेरिकी प्रबिधिमा रोक्ने प्रयासको लाभ, जुन रक्षात्मक होस् वा आक्रात्मक जे भए पनि, यसले चिनिँया प्रतिक्रिया सिर्जना गर्न अग्रसर हुन्छ भन्ने कुरा अमेरिकाले महशुस गरिसकेको छ । यस जोखिम कम गर्न असम्भव देखिएको यस पहिल्यै प्रस्ट भइसकेको छ ।”

लेखमा भनिएको छ, “वैदेशिक व्यवसाय तथा मुलुकहरूले अमेरिकाको अर्थतन्त्रसँगको सम्पर्कलाई सीमित राखी जोखिमलाई कम गर्न सक्ने निर्णय गर्न सक्छन् ।”

चीनलाई अमेरिकी नयाँ आविस्कारसँग अलग गर्दा चीनले अमेरिकी आविश्कारलाई पनि आफ्नो प्रणालीबाट बाहिर पार्ने सम्भावना रहन्छ जसका कारण अमेरिकाको अन्य आविस्कार प्रणालीसँगको पहूँचलाई पनि गुमाउने जोखिम अत्यधिक रहन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

सम्बन्धित

काठमाडौंका पूर्व सीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न निर्णय

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com