काठमाडौं, १७ मंसिर । निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आजदेखि करिब एक लाख ७५ हजार कर्मचारी खटाउन लागेको छ ।
खटाएका कर्मचारीले मंगलवारदेखि मतदानस्थल निर्माणको काम शुरु गर्ने आयोगले बताएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३ सय ४४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । ४५ जिल्लामा बिहीवार हुने दोस्रो चरणको निर्वाचनका लागि खटिने कर्मचारीले निर्वाचन सामाग्री बुझेर मतदानस्थल निर्माणमा व्यस्त हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउजुभयो । सात हजार ७ सय ५२ स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रका लागि आयोगले खटाएको करिब एक लाख ७५ हजार कर्मचारी सोमवार तोकिएको मतदान केन्द्रमा पुग्ने गरी आज प्रस्थान गर्ने प्रवक्ता ढकालले बताउनुभयो । निर्वाचनअघि नै कर्मचारीहरुले मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्