ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बुधवार एकैदिन मृत्यु भएका ४ जनामा कोरोना संक्रमणको पुष्टि


एबीसी न्यूज

काठमाडौं, ४ असार । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको बुधबार साँझ मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा जगदीशप्रसाद जोशीका अनुसार गोदावरी नगरपालिका–४ का ४६ वर्षीय कोरोना संक्रमितको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो।

चिकित्सकले उनलाई कडा खालको निमोनियासँगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन्। चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो।

उनी बस मालिक हुन्। भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पुर्याउने क्रममा उनी संक्रमित भएको शंका गरिएको छ। उनी कहिले आफै बस चलाउथे भने कहिले बसको क्याबिनमा चालकसँगै बस्थे।

त्यही क्रममा उनी संक्रमित भएको बताइएको छ। कोरोनाको लक्षण देखिएपछि उनी धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना भएका थिए। त्यहाँ सामान्य उपचारपछि घर गएका उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए। नवजीवनको आईसियूमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिबार राती उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको हो। उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको थियो। खराब मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन।

बिहीबार उनको उद्धारका लागि निगमको सानो जहाज धनगढी जाने तयारीमा थियो। अरुको उद्धार गर्दागर्दै संक्रमित भएका उनको थप उपचारका लागि काठमाडौं लैजान जहाज आउनु अगावै मृत्यु भयो।

यस्तै लम्की चुहा नगरपालिका –२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउकोमा लागेको चोटठका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भयो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

आत्महत्या गरेका कोरोना पोजेटिभ

यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १० गते भारतबाट घर फर्किएका उनको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि पिसिआर परीक्षणका लागि जेठ २४ गते स्वाब सङ्कलन भएको थियो । मंगलवार राती उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिल्लामा एकै दिन ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । यससँंगै जिल्लामा कोरोना सङ्क्रमित ११० पुगेका छन् । कोरोनाका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

 
सुर्खेतकी युवतीमा आत्महत्यापछि कोरोना पुष्टि 

सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको हो ।

असार १ गते आत्महत्या गरेकी उनको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

युवतीको शव अहिले मेलकुना अस्पतालमा रहेको र सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी गरेको छ । गत जेठ १२ गते युवती भारतबाट आएकी थिइन्। त्यसपछि गाउँपालिकाको क्वारेन्टिन बसाइँपछि उनी २६ गते घर गएकी थिइन्।

क्वारेन्टिनबाट घर पठाउन अघि गरिएको आरडिटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको अध्यक्ष केसीले जनाए। घर पुगेको केही दिनमा युवती परिवारको सम्पर्कबाट हराएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा १ गते उनी रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com