नवलपुर ,३ असार । नवलपुरमा आज एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हुप्सेकोट गाउपालिकामा मात्रै आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयद्धारा जारी विज्ञप्तीमा हुप्सेकोट गाउपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यस्तै मध्यविन्दु नगरपालिकामा १६ र ३० वर्षका पुरुषमा संक्रमण पुष्टिभएको छ भने पालिका नखुलेको २७ वर्षका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।
संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेनटाईमा बसको समेत जनाईएको छ । संक्रमित सबैलाई रजहर स्थित कोरोना अस्थाई अस्पतालमा लैजाने तयारी भएको छ ।
पोखरा र भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सँगै जिल्लामा कोरोना सक्रमितको सख्या ६६ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्