ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि, दुई जना कोरोना संक्रमित आईसीयूमा उपचार


एबीसी न्यूज
असार १, २०७७ सोमबार  ६ : ३० बजे

काठमाडौं, १ असार । कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ ।

अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले दुई जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिनुभयो । डा राजभण्डारीका अनुसार कुवेतबाट जेठ २९ गते नेपाल फर्किएकी एक महिला र भारतबाट नेपाल फर्केका अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको आईसीयूमा उपचाररत भइरहेको छ । कुवेतबाट जेठ २९ गते नेपाल फर्केकी महिलामा स्वास्थ्य समस्या भएपछि उनलाई सोही दिन शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिवार कोरनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै भारतबाट नेपाल फर्किएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको र आइतवार साझ शुक्रराज अस्पतालमा आईसीयूमा भर्ना गरेको डाक्टर राजभण्डारीले बताउनुभयो । डाक्टर राजभण्डारीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्थामा गम्भिर भएपनि क्रमिक रुपमा सुधार भइरहेको छ । शुक्रराज अस्पतालमा आज सात जना कोरोना संक्रमित रहेकोमा अन्य पाँचजना भने आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

त्रिभुवन विमानस्थलमा गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमन

हनी ट्र्यापमार्फत ६ करोडभन्दा बढी असुलको आरोप : टिकटकर तुलसा अधिकारीसहित १० जनाविरुद्ध मुद्दा

ओली थप २ दिन हिरासतमा रहने

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com