ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह


sharan sharan

काठमाडौं,१६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनलाई कमजोर र अपरिपक्कको रुपमा नबुझ्न आग्रह गरेका छन् ।  ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा शनिबार वामगठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले वामगठबन्धनलाई कमजोर नआंक्न चुनौति दिएका हुन ।

उनले वाम एकता निर्वाचन केन्द्रित मात्रै नभएको तथा पार्टी एकताको संकल्प भएकाले यसलाई कमजोर र अपरिपक्को रुपमा टिप्पणी गर्नु भ्रमपुर्ण हुने दाबी गरे । आफुहरु वाम तालमेल गरेर मात्रै निर्वाचनमा नआएको भन्दै उनले पार्टी एकता गर्ने संकल्पसहित कार्यदल समेत निर्माण गरिएको स्पष्ट पारे । पार्टी एकता संयोजन समिति गठन गरी नेतृत्व र नीतिका बारेमा स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उनले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे ।

एमाले र माओवादी केन्द्र मिले भनेपछि नेपाली कांग्रेसलाई चिन्ता बढेको र अनर्गल प्रचारमा लागेको आरोप पनि अध्यक्ष दाहालले लगाए । नेपालमा कम्युनिष्ठ अधिनायकता लागु हुने भन्दै आलोचना गर्नेहरु नै चुनावी एकता टुट्छ भन्दै हिंडेको उल्लेख गर्दै उनले प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा बामगठबन्धनले दुई तिहाई सिट सुरक्षित गर्ने दाबी समेत गरे । संविधान कार्यान्वयन गर्दै मुलुकलाई निर्वाचन तर्फ लैजाने विषय चुनौतिपुर्ण हुदा हुदै स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएको उल्लेख गर्दे परिर्वनकारी न्यायका पक्षधर सबैका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐतिहासिक अवसर भएको उल्लेख गरे । क्षेत्र नम्बर ३ बाट बामगठबन्धनकी उम्मेदवार फम्फा भुसालले आफुले क्षेत्र नम्बर तीनको मुहार फेर्न बताए । यो क्षेत्रमा भुसालको प्रतिष्प्रर्धीको रुपमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद मदन अमात्यको उम्मेदवारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com