ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले दिए राजीनामा (पत्रसहित)


एबीसी न्यूज
जेष्ठ २७, २०७७ मंगलबार  ९ : ४३ बजे

काठमाडौँ, २७ जेठ ।     रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिनु भएको छ ।  कार्यकारी निर्देशक कार्कीले मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष राजीनामा पेस गर्नुभएको हो ।

२०६९ मङ्सिर १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट पहिलो पटक चार वर्षका लागि नियुक्त भएका कार्की २०७३ माघ ६ गते दोस्रो पटक थप चार वर्षका लागि नियुक्त भएका थिए । तर दोस्रो कार्यकालको ६ महिना अवधि बाँकी हुँदै कार्कीले पदबाट राजीनामादिनु भएको हो ।

केही समय अघि रेडियो नेपालबाट प्रसारण डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता लिएको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिने स्पष्टीकरण माग गरेसँगै उहा चर्चामा आउनु भएको थियो

‘रेडियो नेपालबाट मिति २०७७र०१र१५ गते सोमबार बिहान ६ः३० बजेको अन्तर संवाद कार्यक्रममा पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराईलाई आमन्त्रण गरी जातीय विद्वेष, घृणा उब्जाएको, सत्ता कब्जा, पङ्गु, निरङ्कुश शासक र भष्माशुर जस्ता भ्रमपूर्ण र लाञ्छनायुक्त शब्द सरकारका विरुद्धमा प्रयोग भएको संवाद प्रत्यक्ष प्रसारण भएको पाइएको हुँदा यस सम्बन्धमा के कस्तो भएको हो ? तीन दिन भित्रमा स्पष्टीकरण पेस गर्नुहुन मिति २०७७/०१/१५ गतेको माननीय मन्त्री स्तरीय निर्णयअनुसार अनुरोध छ’ मन्त्रालयकी सहसचिव राधिका अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com