ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृतक सुत्केरीको पिसिआर नेगेटिभ, भाइ बनेर सैजूँले गरे अन्त्येष्टी


एबीसी न्यूज


काठमाडौं, २७ जेठ ।  भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको हो ।

सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न गाह्रो भई शरीरमा अक्सिजनको मात्रा घटेपछि अधिकतम प्रयास गरे पनि बचाउन नसकिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले बताउनुभयो । मृतक महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालको सेवा बन्द गरी उपचारमा संलग्न चिकित्सकसहितका स्वास्थ्यकर्मी, मृतकका परिवारलाई रिपोर्ट नआएसम्म अस्पतालको आइसोलेशनमा राखेको थियो ।

मृतक सुत्केरीमा कोरोना भाइरससँग मिल्ने लक्षणहरु देखिएकाले उपचारमा संलग्न चिकित्सकसहित स्वास्थ्यकर्मी र मृतकका परिवारको पनि स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आए पनि महिलामा कोरोना सङ्क्रमितसँग मिल्ने लक्षण देखिएकाले महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र मृतकका परिवारलाई भक्तपुरको खरिपाटीस्थित सरकारले तयार पारेको क्वारेन्टिनमा राखिएको प्रजिअ हुकमला पाण्डेले जानकारी दिनुभयो । उनीहरुको पिसिआरको रिपोर्ट नआएसम्मका लागि क्वारेन्टिनमा राखिने भएको हो ।

अस्पताल आउँदा नै खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएकाले कोरोना सङ्क्रमणको आशङ्का गरे पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गए राति एक र आज दुई गरी तीनपटक परीक्षण गरी पठाएको रिपोर्टमा मृतक सुत्केरीमा कोरोना सङ्क्रमण नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । महिलाको आरडिटी परीक्षणमा पोजेटिभ आएको र मृत्युपछि कोरोना सङ्क्रमणको आशङ्कामा मृतकको स्वाब राति करीब १० बजे पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाएको थियो ।

आइतबार रातिदेखि नै अस्पतालको सेवा बन्द भए पनि अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले आज दिउँसो ३ बजे मृतक महिलाको शव दाहसंस्कारका लागि पठाएपछि अस्पताललाई निर्मलीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दाहसंस्कार लागि शव पठाएका छौँ, अब अस्पताललाई निर्मलीकरण गरेर भोलिदेखि अस्पतालको सबै सेवा सञ्चालन गर्नेछाँै । प्रसूति कक्ष भने ७२ घण्टापछि निर्मलीकरण गरेर मात्रै सञ्चालन गर्छौैं, अरू सबै सेवा भोलिबाटै शुरु हुन्छ ।”

मृतकका श्रीमान् र सन्तानबाहेक अरू आफन्त यहाँ नभएको र उनीहरुको आर्थिक अवस्था पनि ज्यादै कमजोर रही अन्त्येष्टी गर्ने अवस्था नभएको जानकारी पाएपछि दाहसंस्कारको व्यवस्था प्रशासन आफैँले गरेको छ ।

यसरी भयो दाहसंस्कार

एकातिर कोरोनाको त्रास, अर्कोतिर गरिबीको बास । मृतक महिलाको कोखबाट जन्मिएको बच्चाको पालनपोषण गर्नसमेत समस्या परेको मृतकका पतिले बताएको अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो । श्रीमतीको मृत्युपछि दाहसंस्कार गर्ने खर्चसमेत नभएको मृतकका पतिले सुनाएपछि अन्ततः भक्तपुरको संयुक्त सुरक्षा टोलीले यसको व्यवस्थापन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रजिअ पाण्डे, नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्व भट्टराईको संयुक्त टोलीले शव व्यवस्थापनका लागि लाग्ने खर्च व्यहोरेका छन् ।

भूकम्पदेखि कोरोना महामारीसम्म समाजसेवामा खटिएका आरएनए–१६ ग्रुपका अरुण सैँजू र राजेश गाइजूले महिलाको शव व्यवस्थापन गर्नुभएको छ । आज पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा सैँजूले मृतक महिलाको भाइ बनेर दाहसंंस्कार गर्नुभएको हो । दाहसंस्कारमा खटिएका सैँजूले भन्नुभयो, “श्रीमान् बच्चासहित क्वारेन्टिनमा बस्नुभयो, यहाँ उहाँहरुको कोही पनि आफन्त रैनछन्, त्यसैले मृतक महिलाको श्रीमान्ले तपाई भाइ बनेर अन्तिम संस्कार गरिदिनुस् भन्नुभयो, अनि मैले र राजेशले दिदी सम्झेर उहाँको दाहसंस्कार ग¥याँै ।”

कोरोनाको बिरामी र शव बोक्नका लागि तयार पारेको गाडीमा शव लैजाने जिम्मा पाएको उहाँले दाहसंस्कारका लागि जाने आफन्त कोही नभएपछि आफँैले दाहसंस्कार गरेर फर्कनुभएको हो । यसअघि धुलिखेल अस्पतालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको पनि सोही गाडीमा शव लगेर उहाँहरुले विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com