काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल



काठमाडौं, २५ जेठ । काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सिल गरिएको छ । अस्पतालको ल्याबमा कार्यरत एक जना र अर्का एकजनामा डाइलाइसिस गर्ने बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले अस्पतालमा कार्यरत एकजना र अर्का एक बिरामीमा कोरोना संक्रमण देखिएपछि नेपाल प्रहरी अस्पताल सिल गरिएको जानकारी दिए । अहिले त्यहाँ संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिको खोजि सुरु भएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All