ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा संक्रमितको संख्या ३ हजार २ सय नाघ्यो : मृतकको संख्या १३ पुग्यो


एबीसी न्यूज
जेष्ठ २४, २०७७ शनिबार  ४ : ५९ बजे

काठमाडौं, नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

आजै दूइ जनाको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । अ डोल्पाका ५८ वर्षीय संक्रमितको मृत्यु भएको छ भने अर्को ।डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पातल निर्देशक डा मंगल रावलले जानकारी दिए। उनका अनुसार सुर्खेतमा अस्थायी बसोबास गर्ने ती पुरुषको होम क्वारेन्टाइनमा नै मृत्यु भएको हो।

उनी सुर्खेतबाट १६ गते डोल्पा पुगेका थिए। उनको जेठ २१ गते बिहान २ बजे मृत्यु भएको हो। मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको हो। भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोलीले २ दिनपछि उनको स्वाब ल्याएका थिए। पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको डा रावलले जानकारी दिनुभयो । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना उपचार गराएकी एक महिलाको  शुक्रवार राती मृत्यु भएको डा. विकास देवकोटाले जानकारी दिनुभयो ।  संक्रमितलाई निमोनिया र मिर्गौलामा समेत समस्या देखिएको उहाले बताउनुभयो । यो सगै मृतकको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com