ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि : कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो


एबीसी न्यूज

काठमाडौं, २३ जेठ । आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएलगत्तै हिजो बिहान मृत्यु भएका सुर्खेतको पन्चपुरी नगरपालिका १ का २० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । सुर्खेत प्रादेशिक अस्पतालमा मृत्युपछि गरिएको थ्रोट स्वाब परीक्षणमा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरबहादुर खड्काले जानकारी दिनुभयो ।

मृत्युलगत्तै प्रादेशिक अस्पतालबाट स्वास्थ्यकर्मीहरूको टोली नमूना संकलन गर्न पन्चपुरी पुगेका थिए। त्यहाँबाट अपराह्न नमुना सुर्खेत ल्याएर मध्यरातमा परीक्षण गरिएको थियो। क्‍वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई २१ जेठमा घर पठाइएको थियो। उनको हिजो बिहान मृत्यु भएको हो। पन्चपुरी नगरपालिका १ का अध्यक्ष धनबहादुर थापाले राति एक्कासी स्वास्थ्यमा समस्या आएको र लगत्तै युवकको मृत्यु भएको जानकारी दिनुभयो । “भारतको मुम्बईबाट आएपछि १४ दिन क्‍वारेन्टाइनमा बसेका थिए,” उनले भने, “कुनै लक्षण थिएन। आरडीटी परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो।”

युवकसहित जनता मावि विद्यापुर क्‍वारेन्टाइनमा रहेका वडा नम्बर १ का ६ जनालाई २१ जेठ दिउँसो घर पठाइएको थियो। ७ जेठमा भारतको मुम्बईबाट आएका उनीहरूलाई १४ दिन क्‍वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि घर पठाइएको थियो। क्‍वारेन्टाइनमा बस्दासम्म त्यहाँ रहेका कुनै पनि व्यक्तिमा कोभिड–१९ को लक्षण नदेखिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com