ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस


एबीसी न्यूज

काठमाडौं,२२ जेठ । निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्ष ४ जून,  तारिखमा भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के यही हो बाल अधिकार ? के ति निर्दोष बालबालिका आतंककारी हुन् त रु जसले आमा बुबाको माया ममता पाउनु पर्थ्यो, उनीहरुले रमाउँदै स्कुल जान पाउनु पर्थ्यो तर ति निर्दोष बालबालिका रगतको भेलमा डुबेका छन् ।

के यही हो बाल अधिकार रु निर्दोष बालबालिका टुहुरा बनाईएको छ, ति निर्दोष बालबालिका भोक भोकै तड्पिएका छन्, टाउको देखि पैतालासम्म रगतको भेल बगेको छ, निर्दोष बालबालिको चित्कार, रोदन सुन्न र तिनको रगतमा पौडिन रमाउने बर्माको सरकार, इस्राइलको सरकार,फ्रान्सको सरकार, अमेरिकी सरकार र रुसका सरकारहरुको हृदय कस्तो कठोर होला रु जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरु जस्तै कोपिला अर्थात् वाल्यकालबाट गुज्रिएर आएका हुन्छन् । वाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए ।

“यो सम्पती नि लैजाउ, यो नाम अनि सम्मान पनि लैजाउ
तर मलाई फर्काईदेउ, त्यो वालापनको श्रावण
त्यो कागजको ढुगां, अनि त्यो बर्खाको बलेसीको पानी”

तर सबैको वालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि यूद्ध अपराध आदी जस्ता विभिन्न कारणले गर्दा बालबालिकाकाहरुको बालअधिकार बालापनमै खोसिएको हुन्छ किनभने शक्तिशाली देशहरुले कुनै अर्को देश शक्तिशाली हुन थाल्यो भने त्यो देशमाथि निर्ममता पुर्वक नाका बन्दी लाग्छ, त्यति गर्दा पनि आफ्नो स्वभिमान झुकाउन र दबिएर बस्न चाहेन भने क्रुरता पूर्वक युद्ध लादिन्छ । यस्तै युद्धको चपेटामा ती निर्दोष कलिला वालवालिकाहरु पिल्सिएका हुन्छन् । उनीहरुको पिताको संरक्षण र माताको मातृत्व खोसिन्छ, उनिहरुले टुहुरा उपनाम पाउनेछन् ।

हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिनको सुरक्षा, सम्बर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ ।

संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । वालवालिकाका लागि कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाई हामी जस्ता थुप्रै सरोकारवालाहरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ । तर उनीहरुमाथि भएको अन्याय र अत्यचार यथावत छ । बर्मा र सिरियाका बालबालिकाहरुले बाल अधिकार पाएका छन् त रु कदापी पाएका छैनन् । कसैलाई आगोमा हालिएको छ, कसैलाई मिसाइ बम र गोली बारुदले भुटेको छ । खोई ति बालबालिकाको संरक्षण भएको रु उनीहरुको चित्कार कसले सुनेको छ रु कोही बिच समुन्द्रमा भोकभोकै तड्पिएर मरेका छन् । बाल अधिकारका नारा लगाउनेहरुले देखेका छैनन् या देखेर पनि जातियताको नाममा मौनता साँधेर बसेका छन् ?

माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताका लागि सोच्न सकेका छौ त रु वालअधिकार राजनैतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानिय स्तरमा वालअधिकार अनि वालवालिका उपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।
वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र रु यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहोस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागि से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आ–आफ्ना समाजबाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् ।वालवालिकाका लागी कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाँईहामीजस्ता थुप्रै सरोकारवाला हरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ । नेपालमा वालवालिकाका अधिकार र ममतालाई आत्मसाथ गर्ने नेतृत्व छान्ने तर्फ हामी कत्तिको चनाखो छौ त ?

माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताकालागी सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होईन, नितान्त सामाजिक पृष्ठभुमीमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानियस्तरमा वालअधिकार अनि वालवालिकाउपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।

वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहेस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।

यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागी से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आआफ्ना समाजवाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् । वालवालिकाको अधिकार र वालमैत्रि वातावरणकालागी हामीसबै सँगै छौ नि, हैन र ?

देशको जनसांख्यिक अवस्था हेर्दा, नेपालको ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् (नेपालको जनसांख्यिक परिवर्तनहरू: प्रवृत्ति र नीतिगत प्रभावहरू, । जनसंख्याको ठुलो हिस्सा युवाले ओगटेको अवस्थामा राष्ट्रको विकासका लागि बालबालिका र किशोरकिशोरीमा लगानी गर्नु महत्वपूर्ण हुन्छ।

नेपालले सन् २०२२ सम्ममा निम्न विकसित राष्ट्रको समूहबाट र सन् २०३० सम्ममा मध्यम आय भएको देशमा माथि उक्लिने लक्ष्य लिएको छ। समग्र गरीवी घट्दै गएको भएतापनि दुई-तिहाई बालबालिका सातमध्ये कम्तिमा एक आधारभूत आवश्यकताबाट बन्चित छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को मानव विकास प्रतिवेदनअनुसार, एसियाका ५८ राष्ट्रहरु मध्ये नेपाल तेस्रो अति गरिब राष्ट्र हो जसको मानव विकास सुचकांक छैठौं न्यून स्थानमा छ। यसका अतिरिक्त धन, भुगोल, भाषा, शिक्षा, जाति, लिंग, उमेर, अपांगता, र आयका आधारमा पनि देशमा निकै असमानता रहेको छ। अधिकांश बालबालिका र किशोरकिशोरीहरू देशले गरिरहेका विभिन्न प्रगतिबाट बाहिर रहेका छन् र कैयौं अधिकारहरूबाट बन्चित पनि भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com