ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शव व्यवस्थापनसम्बन्धी संशोधन : अन्य कारणले मृत्यु भएको स्पष्ट भएमा कोरोनाबाट मृत्यु भएको नमान्ने (कार्यविधिसहित)


एबीसी न्यूज

 

काठमाडौं, २१ जेठ । । सरकारले तयार पारेको शव व्यवस्थापनसम्बन्धी नयाँ परिभाषाअनुसार कोरोना पोजेटिभ देखिए पनि कोरोना बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ बाट मृत्यु भएको नमान्ने भएको छ । नया परिभाषा अनुसार कोभिड १९ को संक्रमणदेखि मृत्यु हुँदासम्म निको नभएका व्यक्तिलाई मात्र कोरोनाका कारण मृत्यु भएको मानिने भएको छ ।

यसैबीच कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६ को संशोधन गरी सरकारले कोभिड १९ बाहेकका अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ का कारणले मृत्यु भएको नमानिने नियम बनाएको छ ।

संशोधित कार्यविधिमा भनिएको छ, ‘‘ कोभिड १९ बाट मृत्यु भन्नाले कोभिड १९ का क्लिनिकल लक्षण तथा चिह्नहरु र प्रयोगशाला निदानका आधारमा सम्भावित वा पुष्टि भएका केशहरुलाई भन्ने बुझ्नुपर्छ । कोभिड १९ ले बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको हुनुपर्छ ।

कोभिड –१९ बाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड १९ कारणले मृत्यु भएको मानिने छैन ।’ विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बिरामीको कोभिड–१९ सँग कुनै पनि सम्बन्ध नभएको घटना चोटपटक बाट मृत्यु भएको पुष्टि भए मात्र कोभिड १९ का कारण मृत्यु नभएको मानिन्छ ।

शव व्यवस्थापनसम्बन्धी कार्यविधिमा के–के छ ?

कोभिड १९ रोग श्वासप्रश्वासबाट निस्कने छिटाहरुबाट, बिरामीसँगको प्रत्यक्ष सम्पर्कबाट र बिरामीले छोएको वस्तुसँगको अप्रत्यक्ष सम्पर्कबाट सरे पनि मृत शरीरको संसर्गबाट रोग सरेको प्रमाण फेला नपरेको कार्यविधिमा जनाइएको छ ।

संशोधित कार्यविधिमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव परम्परागत चलिआएका अन्त्येष्टि गर्ने स्थानमा विशेष सावधानी अपनाएर गर्न सकिने उल्लेख गरिएको छ । कोभिड १९ का कारण मृत्यु भएकाहरुको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्नेछ ।

बेबारिसे व्यक्तिको कोभिड १९ का कारण मृत्यु भएमा उसको शवलाई भने गाड्ने कार्यविधिमा उल्लेख गरिएको छ । नयाँ कार्यविधिमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको शव शववाहन बाहेक खटमा बोक्न पनि पाउने व्यवस्था पनि गरिएको छ । ‘शववाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन (खट) बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी बनाउनु पर्दछ’ कार्यविधिमा उल्लेख गरिएको छ ।
कार्यविधिमा मृतकले प्रयोग गरेको लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने पनि उल्लेख गरिएको छ ।

कोभिड १९ का बिरामीको घरमै मृत्यु भएमा परिवारका सदस्यले सजगता अपनाई अन्तिम संस्कारमा सहभागी हुन सक्ने कार्यविधि बनाइएको छ । जसमा बच्चा र ६० वर्ष माथिका व्यक्तिलाई सहभागी नगराउने भनिएको छ ।

अन्तिम संस्कार गर्ने स्थलमा कार्यरत व्यक्तिहरुलाई शवबाट कोभिड १९ को जोखिम हुँदैन भन्ने जानकारी गराउनुपर्ने पनि कार्यविधिमा उल्लेख छ ।

यस्तो छ कार्यविधि

  

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com