टिचिङमा आइसियूमा उपचाररत कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २१ जेठ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दोलखा घर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ९ जनाको मृत्यु भएको छ।

डा देवकोटाका अनुसार ब्रेन हेमरेज स्ट्रोक भएका ती पुरुष सुरुमा उपचारका लागि काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका थिए। १५ गते स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

इसियूमा उपचारका क्रममा नै उनको निधन भएको डा देवकोटाले जानकारी दिनुभयो । नेपालमा हालसम्म २३०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्।

    Comment Here!


सम्बन्धित समाचार

View All