ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिपक्षी दलहरुले देशको राष्ट्रिय एकता, स्वाधिनता नै कमजोर देखिनेगरी बखेडा झिक्दै (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौँ, २१ जेठ ।  सरकारले संविधानको अनुसुची ३ मा रहेको नेपालको नक्सा संशोधन गर्नेगरी संविधान संशोधन दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत आ–आफ्नो संशोधन प्रस्ताव दर्ता गर्ने चरणमा प्रवेश गरेर संशोधनको विषय रोचक बन्न लागेको छ । सत्तारुढसँग आवश्यक दुईतिहाइ नपुग्ने र अन्य दलले समेत आ–आफ्नो प्रस्ताव पेश गरेको अवस्थामा संशोधन सहज नहुने अनुमान गरिन थालेको छ ।

जेठ ७ गते सरकारले नेपालको नक्सामा छुटेको नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले जेठ ९ गते संविधानको अनुसुची ३ मा रहेको नेपालको निशाना छाप भित्रको नेपालको नक्सालाई अद्यावधिक नयाँ नक्सा अनुरुप बनाउन र संविधान संशोधन गर्न नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेसँगै संसदमा संविधान संशोधनको निम्ति टेवल समेत भइसकेको अवस्था छ ।

यससँगै नेपालको संविधान दोस्रोपल्ट संशोधन हुँदैछ । नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएसँगै नेपालको नक्सा प्रयोग हुने सबै ठाउँमा नक्सा परिवर्तन गर्नुपर्ने हुन्छ । मुख्यत्ः संविधानबाटै शुरु गर्नुपर्ने भएकोले अब छिट्टै नै नेपालको संविधानको अनुसुची ३ संशोधन हुँदैछ । सरकारले संविधान संशोधन गर्नको निम्ति आवश्यक दुई तिहाई जुटाउनुपर्ने हुन्छ । उक्त नेपाली भुमि हो भन्नेमा सर्वसम्मति जुटिसकेको अवस्थामा संविधान संशोधनमा भने राष्ट्रिय सहमती जुटिसकेको अवस्था छैन । जनता समाजवादी पार्टी, नेपालले सोमबार आफ्नो छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने काम शुरु गरेको छ । यससँगै अब संविधान संशोधनको विषय पनि पेचिलो बन्ने निश्चित छ । मधेसी दलले वर्षौंदेखि उठाउँदै आएको संविधान संशोधनको प्रस्ताव अस्वीकार हुँदै आएको छ ।

यसपल्ट पनि प्रस्ताव आएको छ र त्यसलाई सत्तारुढले अस्वीकार गर्ने निश्चितप्रायः छ । तर देशको नक्सा जस्तो सम्बेदनशिल विषयमा राष्ट्रिय सहमती जुटी छाड्ने सरकारको आत्मविश्वासमा प्रश्न चिन्ह खडा भएको छ र संशोधन प्रक्रियाले रोचक मोड लिने देखिएको छ । कि सरकारले दुवै दलले दर्ता गरेको संशोधन प्रस्तावको मुलभुत कुरालाई समेटेर विश्वासमा लिनसके मात्रै संशोधन सफल हुन्छ । कि ती दलहरुले निशर्त संशोधन प्रस्ताव फिर्ता गरेर सरकारलाई सघाउनुपर्छ । जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र झा प्रमुख प्रतिपक्षी दलको समेत साथ रहने जिकिर गर्दै सत्तारुढ दलले जसपाको संशोधन प्रस्तावमा साथ दिनुपर्ने बताउनुहुन्छ । प्याकेजमै सहमती भएमात्रै सरकारलाई सघाउन तयार रहेको उहाँको भनाई छ ।

मधेसी दलहरुले संविधान जारी हुँदादेखि नै संविधानका विभिन्न विषयमा असहमती जनाउँदै संशोधनको नाममा आन्दोलन गर्दै आएका थिए । अहिले पनि संसदमा हरेक दिन बोल्ने क्रममा सांसदहरुले संविधान संशोधनकै माग र मुद्दा उठाउँदै आएका छन् । यस अघिका सरकारले पनि प्रयत्न नगरेको होइन, तथापी सफल हुन सकेन । मे ८ मा भारतले कैलाश मानसरोवर जाने सडक खण्ड नेपालको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भुभाग अतिक्रमण गरेर बनाएपछि उक्त भुमी नेपाली भुमि भएको र नेपालले फिर्ता लिनुपर्ने माग चौतर्फी उठिरहेको थियो । त्यसो त गत कार्तिकमा भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भुमि समावेश गरेपछिदेखि नै नेपाल सरकारको र आम राजनीतिक दल र नेपाली जनतामा उक्त अतिक्रमित भूमिबारे चासो हुँदै आएको थियो ।

सरकारलाई निकै दबाब बढेपछि सरकारले उक्त भुमिलाई नेपालको नक्सामा समावेश गराउने र भुमि फिर्ता गराउन कुटनीतिक पहल र प्रयास गरिरहेको थियो । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७७÷७८ को सरकारको नीति तथा कार्यक्रममा अतिक्रमित भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिने बताएसँगै जेठ ४ गतेको मन्त्री परिषदको बैठकले उक्त नक्सालाई पारित गरेको थियो भने जेठ ५ गते संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भुमी नेपालको भएको र भारतसँग मित्रवत् सम्बन्ध रहेकोले भुमि फिर्ता गर्न आग्रह गर्नुभएको थियो । र जेठ ७ गते भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा सार्वजनिक गर्नुभयो ।

संविधान संशोधन गरेर निशाना छापमै नेपाली नक्सा परिमार्जन गरेपछि नक्साले संबेधानिक र कानूनी बैधता पाउनेछ । जताततै नयाँ नक्सा प्रयोग गरिनेछ र भुमी फिर्ता गराउने औपचारिक बाटो खुल्नेछ । यसर्थ संविधान संशोधनको अपरिहार्यता बढेको हो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता देवेन्द्र पौडेल मधेशवादी दलले उठाएको संविधान संशोधनको माग अहिलेको समयमा जायज नभएको तर्क गर्नुहुन्छ । अहिले एकसुत्रिय रुपमा नेपालको सिमानासँग जोडिएको विषय भएकोले नेपालको सिमाना बाहेक अरु राजनीतिक विषयमा संशोधन नहुने उहाँको भनाई छ ।

तिनओटा संशोधन पेश भएको अवस्थामा संविधान संशोधन सहजै हुन नसक्ने अवस्था देखिएको छ । यसको निम्ति तिन दल विच सहमती गरेर लेनदेन हुनसक्ने अवस्था पनि आउनसक्छ । तर अहिले दिर्घकालिन महत्वको विषय अथवा राजनीतिक दलहरुबीचकै जुँगाको लडाईमा सरकार अल्मल्लिने विषय होइन । कोरोना कहरकै विचमा पनि सरकार केही राजनीतिक विषयमा अल्मलिईरहँदा कोरोना नियन्त्रणमा प्रभावकारी कदम हुन सकेको छैन ।

यसतर्फ ध्यान पु¥याउनु छ भने अर्कोतर्फ नेपाली भूमिमाथिको भारतीय अतिक्रमणको अस्वीकार्यतालाई सरकारले छिटोभन्दा छिटो प्रत्युत्तरका साथ भुमि फिर्ताका लागि सक्रियतापूर्वक लाग्नुपर्ने अवस्था छ । यसर्थ अहिलेको समयमा राजनीतिक विषयको संशोधनलाई थाति राखेर देशको राष्ट्रियतालाई एकताबद्ध बनाउँदै नक्सासँग सम्बन्धित संशोधनलाई सर्वसम्मत् पारितको विकल्प छैन । प्रतिपक्षी दलहरुले पनि देशको राष्ट्रिय एकता, स्वाधिनता नै कमजोर देखिनेगरी नेपालको नक्सा पारित गर्न बाट बखेडा झिक्न यो बेलामा मिल्दैन कि ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com