ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगले पठायो अनुगमनकर्ता , आचारसंहिता पालना नभए ठाउँको ठाउँँ कारवाही


sharan sharan

काठमाडौं,१५ मंसिर ।  निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले आजदेखि सुक्ष्म अनुगमनकर्ता खटाएको छ ।
आयोगले आवश्यक ठानेका ठाउँमा अनुगमनकर्ता खटिनेछन् । ८८ जना उपसचिवस्तरका कर्मचारी सुक्ष्म अनुगमनमा खटिने आयोगले जनाएको छ । अनुगमनकर्ताले निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्नेछन् र पालना नभएको पाइए तुरुन्तै निर्वाचन आयोगलाई जानकारी गराउनेछन् । आचारसंहिता पालना नभएको पाइएमा ठाउँको ठाउँँ कारवाही गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा दलका नेता कार्यकर्ता तथा उम्मेदवारले पनि आचारसंहिता पालना नगरेको गुनासो बढेपछि दोस्रो चरणको चुनावका लागि आयोगले अनुगमनकर्ता खटाएको हो ।

दोस्रो चरणको निर्वाचन आउँदो २१ गते ४५ जिल्लामा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । यसैबीच निर्वाचन आयोगले दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्थाको बारेमा आज सुरक्षा निकायसंग छलफल गर्दैछ ।

चारवटै सुरक्षा निकायका प्रमुख र सम्बन्धित मन्त्रालयका उच्च पदाधिकारीसंग दिउँसो १ बजे आयोगमा नै छलफल हुन लागेको हो । निर्वाचनका बेला देशका विभिन्न ठाउँमा बम विस्फोटको घटना बढेपछि सुरक्षाको बारेमा छलफल हुन लागेको हो । सरकारले सुरक्षा व्यवस्था कडा पारेको जनाएपनि ठाउँ ठाउँमा विस्फोटको घटना भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

हाँसेर बोलिदिए मात्रै पुग्छ, हामी निःशर्त एमालेमा फर्किन्छौँः नेता श्रेष्ठ

सम्बन्धित

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रको बृहत रक्तदान अभियान, एक लाख युनिट रगत संकलन लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com