ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ दिनपछि कोरोना संक्रमित बिरामी पोजेटिभ नै भएपनि अर्कोमा संक्रमण सर्दैन


एबीसी न्यूज
जेष्ठ १३, २०७७ मंगलबार  १० : ०१ बजे

काठमाडौं, १३ जेठ । कोरोनाभाइरस संक्रमण फैलिँदै जाँदा विश्वभरका मानिसहरुमा त्रासको वातावरण छ । यही त्रासका बीचमा संक्रमित बिरामीले आफू संक्रमित हुँदासम्म संक्रमण फैलाउन सक्ने विश्वास गरिँदै आएको छ । यही आधारमा अहिलेसम्म बिरामी पूरै नेगेटिभ नहुँदासम्म आइसोलेसनमै राखेर उपचार गर्ने गरिएको छ । निश्चित पटक परीक्षण गर्दा बिरामी हरेक पटक नेगेटिभ देखिएपछि मात्र बिरामीलाई डिस्चार्ज गर्ने गरिएको छ ।

तर, वैज्ञानिकहरुले बिरामीले संक्रमित भएको निश्चित समयसम्म मात्रै संक्रमण फैलाउन सक्ने र पोजेटिभ हुँदासम्म पूरै अवधि संक्रमण नफैलाउने तथ्य फेला पारेका छन् । वैज्ञानिकहरुले हालै पत्ता लगाएको तथ्यअनुसार बिरामीले संक्रमित भएको ११ औं दिनसम्म मात्र संक्रमण फैलाउन सक्छन् । १२ औं दिन बिरामी पोजेटिभ नै भए पनि संक्रमण फैलाउँदैनन् । सिंगापुर नेशनल सेन्टर फर इन्फेक्सियस डिजिजेज (एनसीआइडी) एण्ड एकेडेमी अफ मेडिसिनको अध्ययनका आधारमा न्यूयोर्क पोस्टले लेखेको समाचारमा यसबारे खुलासा गरिएको छ । अहिलेसम्म कोरोनाका बिरामी जहिलेसम्म पोजेटिभ छन् त्यतिबेलासम्म संक्रमण फैलाउन सक्ने मानिँदै आइएको थियो ।

नुसन्धानकर्ताहरुले अर्को तथ्यको पुनि खुलासा गरेका छन् कि संक्रमित बिरामीले आफूमा लक्षण देखिनुभन्दा २ दिन अघिदेखि संक्रमण फैलाउन सक्छन् । वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा कोरोना संक्रमित बिरामीमा लक्षण देखिएको ७ देखि १० दिनसम्म संक्रमण फैलाउने क्षमता हुने पाइएको छ । सिंगापुर नेशनल सेन्टर फर इन्फेक्सियस डिजिजेजले करिब ७३ कोरोना बिरामीहरुमा अध्ययन गरेको थियो यस क्रममा उनीहरुले यो नयाँ तथ्य पत्ता लगाएका हुन् ।

वैज्ञानिकहरुले अध्ययनको क्रममा वैज्ञानिकहरुले पाएका छन् कि ११ औं दिनपछि कोरोनाभाइरसलाई आइसोलेटेड वा कल्चर्ड गर्न सकिँदैन । वैज्ञानिकहरुका अनुसार लक्षण देखिएको एक हप्ता पछि कोरोना बिरामीहरुमा एक्टिभ भाइरल रेप्लिकेसन घट्न थाल्छ । यो नयाँ जानकारीको आधारमा अस्पतालहरु यसबारेमा फैसला लिन सक्छन् कि बिरामीलाई कहिले डिस्चार्ज गर्न सकिन्छ । अमेरिका, नेपालसहित विश्वका कैयौं देशहरुमा दुई पटक नेगेटिभ नतिजा आएपछि मात्र डाक्टरहरुले बिरामी ठिक भएको मान्छन् । तर, अब यो अध्ययनले बिरामी २ पटक नेगेटिभ देखिँदासम्म पर्खिनु नपर्ने देखाएको छ ।

यद्यपि सिंगापुरमा गरिएको यो अध्ययनको ‘स्याम्पल साइज’ सानो (केवल ७३ जना) थियो तर यो नयाँ जानकारी डाक्टरहरुको लागि निकै महत्वपूर्ण हुन सक्छ । यसले निकै महत्वपूर्ण तथ्य पत्ता लगाएकोले यसको ‘स्याम्पल साइज’ बढाएर यो कुराको पुष्टि गर्न सकिने विकल्प छँदैछ । सिंगापुरको एनसीआइडीका एक्जिक्युटिभ डाइरेक्टर लियो यी सिनले स्ट्रेट टाइम्ससँग भने ‘स्याम्पल साइज सानो हुँदाहुँदै पनि नयाँ जानकारीलाई लिएर अनुसन्धानकर्ताहरु विश्वस्त छौं ।’ उनले ठूलो स्याम्पल साइजमा अध्ययन गरिँदा पनि यस्तै परिणाम आउने विश्वास व्यक्त गरे । लियो यी सिनले भने ‘वैज्ञानिक दृृष्टिले म निकै आश्वस्त छु । यो कुराका पर्याप्त प्रमाण छन् कि कोरोना बिरामी ११ दिनपछि संक्रामक हुँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वमन्त्री खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

एक मात्र विकल्प महाधिवेशन ः राप्रपा महामन्त्री राणा भिडियो

सम्बन्धित

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो ७ दिने स्पष्टीकरण

तिब्बत र ताइवानसम्बन्धी गतिविधिबाट टाढा रहन चीनको नेपाललाई दबाब

‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’

समानान्तर गतिविधि नरोकेपछि पूर्णबहादुरलाई कांग्रेसले स्पष्टीकरण सोध्ने

सभामुख डीपी अर्यालको गाडीलाई सिंहदरबार पुगेर ट्राफिकले काट्यो चिट

रास्वपाले बोलायो संसदीय दलको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com