ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

औलो उपचारमा प्रयोग भैरहेको औषधी कोरोना सङ्क्रमितलाई प्रयोग गर्न डब्लूएचओद्वारा रोक


एबीसी न्यूज

काठमाडौं, १३ जेठ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले औलो रोगको उपचारमा प्रयोग भैरहेको औषधि कोरोना सङ्क्रमण भएका बिरामीमा प्रयोग गर्न रोक लगाएको छ ।

संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो ।

विभिन्न देशमा अहिले यो औषधिको परीक्षण भैरहेकोमा सावधानी अपनाउनको लागि भन्दै अस्थायी रुपमा परीक्षण रोक्ने निर्णय भएको बीबीसीले जनाएको छ । एक अध्ययनले औलो विरुद्धको औषधि कोरोना सङ्क्रमितमा प्रयोग गर्दा ज्यान गुमाउने जोखिम बढेको देखाएपछि संगठनको यो निर्णय आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसबाट बच्न यो औषधि प्रयोग गरिरहेको बताउँदै आउनुभएको छ ।

यसैबीच, विश्वका विभिन्न देशमा गरी साढे २३ लाख भन्दा धेरै कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् । ५५ लाख ८२ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २३ लाख ६१ हजार भन्दा धेरै निको भएका हुन् । ३ लाख ४७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

भारतमा कोरोनाका नयाँ बिरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै भारतमा ७ हजारभन्दा धेरै नयाँ बिरामी थपिएका छन् भने १ सय ५६ जनाको ज्यान गएको छ । योसँगै भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा कोरोना पुष्टि हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com