ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विरासत जोगाउने अन्तिम कसरतमा कञ्चनपुरका उम्मेदवार


admin

कञ्चनपुर, १४ मंसिर । दोस्रो चरण मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विरासत जोगाउने कसरतमा राजनीतिक दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन् ।
निर्वाचनमा विभिन्न दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा देखिए पनि नेकपा (एमाले) तथा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली काँग्रेस मुख्य प्रतिस्पर्धीका रुपमा छन् । वाम गठबन्धनले यस पटक जिल्लालाई लाल किल्ला बनाउने रणनीतिका साथ चुनावमा होमिएको छ भने काँग्रेस विरासत जोगाउने कसरतमा छ । विसं २०४८ को आम निर्वाचनपछि अहिलेसम्मको निर्वाचनमा कुनैपनि राजनीतिक दलले आफ्नो जितलाई निरन्तरता दिन नसकेका कारण चुनावमा हार्ने र जित्ने क्रम दोहोरिएका छन् ।

विसं २०४८ मा तत्कालीन २ क्षेत्र जितेको काँग्रेसले तीन वर्षपछि पराजय भोगेको थियो । विसं २०५१ मा एमालेले तीन ओटै निर्वाचन क्षेत्र जितेको थियो । त्यतिबेला काँग्रेस र एमाले मुख्य प्रतिस्पर्धी थिए । विसं २०५६ को आम निर्वाचनमा एमालेले आफ्नो जितलाई पकडमा राख्न सकेन । मतदाताले फेरि काँग्रेसलाई जितायो । काँग्रेसले तीन ओटै क्षेत्र जितेर हारको बदला लियो । एमाले प्रमुख प्रतिद्वन्द्वी बन्यो । विसं २०६२ मा सशस्त्र द्वन्द्वमा होमिएको नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि विसं २०६४ मा संविधानसभाको पहिलो निर्वाचन भयो ।

काँग्रेस एमाले दुवैलाई छाडेर मतदाताले माओवादीलाई चार ओटै सिटमा निर्वाचित गराए । पहिलो संविधानसभा निर्वाचनमा काँग्रेसले जितेको क्षेत्र पनि उपनिर्वाचनमा गुमाएको थियो । काँग्रेसले त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवार बनाएकामा उहाँले माओवादीसित थोरै मत अरन्तरले जित्नुभएको थियो । संविधान निर्माण नगरी पहिलो संविधानसभाको म्याद सकिएपछि विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । माओवादी केन्द्रले दोस्रो संविधानसभासम्म आफ्नो विरासत बचाउन सकेन । माओवादी तेस्रो स्थानमा झ¥यो । काँग्रेसले चार ओटै जित्दा एमाले दोस्रो भयो । अहिले ठीक चार वर्षपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन् भने काँग्रेस एक्लै निर्वाचनमा होमिएको छ । काँग्रेसलाई साथ दिने राप्रपा विभिन्न समूहमा विभाजन भएको छ । काँग्रेसले विरासत जोगाउन दोस्रो संविधानसभा निर्वाचनमा जितेका नेतालाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा दिवान सिंह विष्ट, २ मा नारायणप्रकाश साउँद र ३ मा रमेश लेखक चुनावी मैदानमा हुनुहुन्छ । तत्कालीन क्षेत्र नं ३ बाट निर्वाचित हुने काँग्रेस नेता बहादुर सिंह थापा भने प्रदेशसभा सदस्यमा उम्मेदवार हुनुभएको छ । काँग्रेसले विरासत जोगाउन पुरानै नेतालाई चुनावी मैदानमा उतारेको छ । वाम गठबन्धनले क्षेत्र नं ३ मा डा दीपकप्रकाश भट्ट, २ मा नरबहादुर धामी र १ मा बिना मगरलाई उम्मेदवार बनाएको छ । उहाँहरुमध्ये धामी र मगर दुवैले संविधानसभा निर्वाचन हार व्यहोर्नु परेको थियो । गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभाका नौ ओटै सिटमा जित्ने रणनीतिका साथ प्रचारमा जुटेको छ ।


स्थानीय तह निर्वाचनको मतका आधारमा वाम गठबन्धन तीन ओटै क्षेत्रमा बलियो देखिएको छ । निर्वाचन क्षेत्र नं १ मा सबैभन्दा बढी २० हजार, २ मा १५ हजार र ३ मा १० हजार मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मत यदि वाम गठबन्धनले पाए सहज रुपमा जित्ने वाम गठबन्धनका नेता टेकेन्द्रप्रसाद भट्ट बताउनुहुन्छ । स्थानीय तह निर्वाचनमा उम्मेदवारको व्यक्तिगत सम्बन्धले पनि मत पाउने भएकाले यो नतिजामा हेरफेर हुन सक्ने राजनीतिका जानकार शेरबहादुर भण्डारीको भनाइ छ । गठबन्धनका नेताहरु स्थानीय तह निर्वाचनको नतिजामा धेरै हेरफेर नहुने बताउँछन् । अहिलेसम्मका स्थानीय तह निर्वाचनका नतिजाले पनि संसदीय निर्वाचनलाई खास फरक नपारेको नेपाली काँग्रेसका नेता दुर्गादत्त भट्टले बताउनुभयो । पहिलेका स्थानीय निकायका चुनावले केन्द्रका चुनावलाई प्रभाव पारेको देखिएको थिएन यसले अहिले पनि केही फरक पार्दैन, उहाँले भन्नुभयो, “जनताले व्यक्तित्वका आधारमा मत दिनेमा हामी विश्वस्त छौँ ।”

विसं २०४८ को आम निर्वाचनपछि भएको स्थानीय निकाय निर्वाचनमा काँग्रेस र विसं २०५१ को मध्यावधिपछि भएको निर्वाचनमा एमाले विजयी भएको थियो । काँग्रेसले उम्मेदवारको व्यक्तिगत प्रभाव र वाम गठबन्धनका कार्यकर्तालाई पार्टी प्रवेश गराएर भोट बढाउने रणनीति बनाएको छ । गठबन्धनका कार्यकर्ता पार्टी प्रवेश गराउँदा अन्य मतादातलाई आफूतिर आकर्षित गराउन सकिने काँग्रेसको आश छ । गठबन्धनले पनि आफ्ना कार्यकर्ता प्रवेश गर्न नदिने र प्रवेश गरेमा तत्काल फर्काउने नीति लिएको छ । त्यसबाहेक काँग्रेस र राप्रपाका कार्यकर्ता गठबन्धनमा प्रवेश गरिरहेका छन् । मंसिर २१ गते हुने चुनावका लागि गठबन्धन र काँग्रेस दुवैका उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । जिल्लाका दुई लाख ६५ हजार मतदाताले मंसिर २१ गते गोप्य मतदान गरी अन्तिम फैसला गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com