ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यालेस्टिक मिसाइल पृथ्वीभन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने उत्तर कोरियाको दाबी


admin
मंसिर १४, २०७४ बिहीबार  १२ : ३५ बजे

काठमाडौं, १४ मंसिर । उत्तर कोरियाले परीक्षण गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश गर्न सक्ने खालको रहेको दाबी गरेको छ ।

उत्तर कोरियाले दाबी गरे पनि बुधबार सबेरै प्योङयाङबाट परीक्षण गरिएको ब्यालेस्टिक मिसाइलमा यस्तो क्षमता रहे नरहेको बारे विशेषज्ञले पुष्टि भने गरेका छैनन् । उत्तर कोरिया अहिले नै त्यस्तो खालको प्रविधि विकास गर्न सफल भएकोमा विशेषज्ञले शंका व्यक्त गरेका हुन् । उत्तर कोरियाले भने पछिल्लो मिसाइल आफूहरुले अहिलेसम्म परीक्षण गरेका मध्ये सबैभन्दा शक्तिशाली रहेको र यसले आफ्नो देशको परमाणु अभियानले तोकिएको लक्ष्य पाएको दाबी गरेको छ । उत्तर कोरियाका नेता किम जोन–उनले बुधबार गरिएको मिसाइल परीक्षण निष्पक्ष रहेको र यो आफ्नो देशका लागि ब्रेकथ्रु पनि भएको बताएका छन् । मिसाइल परीक्षणको अन्तर्राष्ट्रिय समुदायबाट आलोचना भएको छ । उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसविषयमा चीनका राष्ट्रपति सी जिनपिङसंग टेलिफोन वार्ता पनि गरेका छन् । ट्रम्पले चीनसंग उत्तर कोरियालाई मनाउन सबै किसिमको प्रयास गर्न आग्रह गरेका छन् । चीन उत्तर कोरियाको ठूलो सहयोगीको रुपमा रहदै आएको छ । यस्तै अमेरिकाले उत्तर कोरिया विरोध पक्षलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छः इरानका उप–परराष्ट्रमन्त्री

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड

कानूनको शासन, न कि शक्तिको प्रदर्शनः संयुक्त राष्ट्र प्रमुख

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com