ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मरेपनि घरमै मर्ने हो आईसोलेसन जाँदैनौ – बाकेका कोरोना संक्रमित


एबीसी न्यूज
जेष्ठ ६, २०७७ मंगलबार  ६ : १७ बजे

 


नेपालगन्ज । कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ ।

सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो । संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर बिरामी राख्न नदिएको प्रहरीले जनाएको छ । स्थानीयबासी र संक्रमित स्वयंले नेपालगन्ज आउन नमानेको हुन । उनिहरुले मरेपनि घरमै मर्ने हो भनेर जिद्दी गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले बताउनु भयो । महिलाहरुलाई अगाडी राखेर एम्बुलेन्स क्वारेन्टाईन सम्म जान नदिएको पिएसपी सिंहले बताउनु भयो ।

क्वारेन्टाईन वरिपरि ठुलो संख्यामा स्थानीयबासी जम्मा भएकाछन् र उनीहरुले संक्रतिमहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउनुपर्ने माग गरेका छन् । स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिद्युत, उपकरण लगायतको सुबिधा नभएपछि आजमात्र बिपद ब्यवस्थापन समितीले नेपालगन्जमा आइसोलेसन बनाई उनीहरुलाई राख्ने निर्णय गरेको थियो ।

एता कोहलपुर स्थित कृषि बिकास बैंकको तालिम केन्द्र पिपरीमा समेत संक्रमितलाई राखेर उपचार गर्ने प्रशासनले निर्णय गरेपनि संक्रमितलाई पिपरी ल्याउन नदिने भन्दै स्थानीयबासीले नारा जुलुस निकालेकाछन् । संक्रमण फैलिन सक्ने भन्दै तालिम केन्द्र वरपरका स्थानीयबासीले प्रदर्शन गरेका कारण अवरोध सिर्जना भएको डिएसपी सिंहले बताउनु भयो ।

दुबै तर्फ प्रहरीको थप शक्ति परिचालन गरिएको र स्थानीय पालिकाहरुलाई सहजिकरणका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । स्थानीय जन प्रतिनिधिले समन्वय नगरेको प्रशासनको गुनासो छ ।

अवरोधका बिषयमा सम्पर्क गर्न खोज्दा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको मोबाईलमा दर्जनौ पटक सम्पर्कहुन नसक्ने बनाएकाछन् । संक्रमितले आउन नमान्ने, स्थानीयले लैजान नदिने र आईसोलेसन अरपरका स्थानीयबासीले अवरोध गरेपछि सोमबार संक्रमण पुष्टी भएकाहरुको उपचार अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जबजका सामू लोकप्रियतावाद र अराजकतावादको चुनौति केही समयका पाहुना हुन्ः एमाले महासचिव

विद्युतीय गाडीले बढेको भाडा लिन नपाउने :बढी भाडा लिए कारबाही गर्ने विभागको चेतावनी

सम्बन्धित

नेपालमा कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com