ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति कार्यक्रमले ‘समृद्ध नेपाल सुखी नेपाली’ हासिल गर्ने आकाङ्क्षा राखेको छ : महासचिव पौडेल


एबीसी न्यूज


काठमाडौं, ५ जेठ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाना गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षासहित आएको बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

सांसद पौडेलले अन्तरदेशीय तथा अन्तरराष्ट्रिय आबद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवन रेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाडौँ, केरुङ–काठमाडौँ तथा पूर्वपश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट महत्वपूर्ण भएको स्पष्ट पार्नुभयो । उहाँले तमोर–चिसाङ, माडी–दाङ र कालीगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनालाई अघि बढाउने तत्परता नै विशेष प्रकृतिको भएकाले स्रोतको व्यवस्थापन गरेर बूढीगण्डकी, पश्चिम सेती जस्ता जलविद्युत् आयोजनालाई अघि बढाउनु उत्तिकै महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

नेकपाका सांसद महेश बस्नेतले नीति कार्यक्रमले सरकारको समृद्धिको योजनालाई सम्बोधन गरेको भन्दै नीति कार्यक्रमको सार पक्षमा नगई विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । सोही दलका विशाल भट्टराईले नेपाली भूमि समेटेर तत्काल नक्सा सार्वजनिक गर्न माग गर्नुभयो । निर्धक्क भएर अगाडि बढ्न सरकारलाई आग्रह गर्दै उहाँले नीति कार्यक्रमको समर्थन गर्नुभयो ।

सोही दलका सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम यर्थाथताको धरातलमा आएको र त्यसले मुलुकको समग्र आवश्यकता र जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रतिपक्षीले विरोधका लागि विरोध गरेको बताउनुभयो । उहाँले स्वास्थ्य तथा कृषि क्षेत्रको विकासका लागि सरकारको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको र राष्ट्रियताको सम्बन्धमा समेत प्रष्ट रहेको उल्लेख गर्नुभयो ।

नेकपाका सांसद बिन्दा पाण्डेले सरकारको नीति तथा कार्यक्रममा सीमाको सुरक्षा र राष्ट्रियताको जर्गेना गर्ने विषय समेटिनु असाध्यै महत्वपूर्ण विषय भएको बताउनुभयो । श्रम, सीपको विकास, श्रमशक्तिको विकास गर्दे विदेशी श्रमिकलाई प्रतिस्थापन गर्ने, कृषि उपजको उत्पादनको सङ्कलन, भण्डारण, बजारीकरणलाई ध्यान दिनुपर्ने, मर्यादित श्रम सम्बन्धको विकास गर्नुपर्ने र स्वास्थ्य तथा शिक्षा देखिएको समस्या समाधान गर्ने तर्फ विशेष ध्यान दिन उहाँले सरकारलाई सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोनाको महामारीका कारण परेको अर्थतन्त्र जोगाउन लाग्नेतर्फ सरकार नलागेको, रोजगारी गुमेका नागरिकलाई राहत दिने विषयलाई प्राथमिकता नदिइएको बताउनुभयो । उहाँले सीमामा अलपत्र परेका नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नलागेको तर्क गर्नुभयो ।

काँग्रेसकै दिलेन्द्रप्रसाद बडुले कोभिड–१९ कारण बेरोजगार बनेका नागरिकलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । कालापानी क्षेत्रमा सडक पूर्वाधार पु¥याउन सरकारले तत्काल काम थाल्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रका जनतालाई हेलिकोप्टरमार्फत खाद्यान्न पु¥याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कालापानी क्षेत्रमा नेपालको तर्फबाट प्रभावकारी सुरक्षा प्रबन्ध नभएको र केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुभएको सो स्थानको भ्रमणको बारेमा हालसम्म कुनै जानकारी पाउन नसकिएकामा गुनासो गर्नुभयो ।

सांसद भीमसेनदास प्रधानले नीति कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको भन्दै आलोचना गर्नुभयो । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने तयारी राम्रो काम भएको भन्दै उहाँले सीमा सुरक्षामा सेनालाई तैनाथ गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रङ्गमती शाहीले कोरोनाले पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न नीति कार्यक्रम आउन नसकेको र कार्यकर्तामुखी मात्रै भएको आरोप लगाउनुभयो । उहाँले सबै नागरिकको कोरोना परीक्षण गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद पार्वता डिसी चौधरीले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन परीक्षणको दायरालाई बढाउन माग गर्दै न्यून आय भएका नागरिकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्रकुमार केसीले चालु आवमा तय गरिएको कार्यक्रम नै पूरा नभएको आरोप लगाउँदै आगामी आवको कार्यक्रम पनि उस्तै आएको र त्यसले नेपाली जनताको पक्षमा कुनै पनि अर्थ नराख्ने बताउनुभयो । उहाँले कृषिलाई विशेष प्राथमिकतामा राख्न र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद बहादुरसिंह लामाले सरकारको नीति तथा कार्यक्रममाथि सदनमा छलफल भइरहेको बेला मन्त्री नै अनुपस्थित हुनु दुःखद रहेको बताउनुभयो । उहाँले आफ्नो थात थलो फर्कन नेपाल–भारत सीमा क्षेत्रमा आइपुगेका नेपाली नागरिकलाई उचित परीक्षण गरी घर आउने वातावरण बनाउन आग्रह गर्नुभयो । सांसदहरु शान्ता चौधरी, हितबहादुर तामाङ, विमला नेपाली, देवेन्द्रराज कँडेल, हिराचन्द्र केसी, सुजाता परियार, पुष्पा भुसाल, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारीलगायतले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, विपद्सँग जुध्न स्वास्थ्य पूर्वाधारको निर्माण, कृषि क्षेत्रको विकास तथा रोजगारी अभिवृद्धिका कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते मध्याह्न १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com