ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी, किन गईन काठमाडौबाट उनि कारण यस्तो


एबीसी न्यूज

 

काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाल प्रहरीको स्रोत अनुसार महिलाको दाहसंस्कार गर्ने तयारी भइरहेको छ । ‘शव बाहनमार्फत पशुपति आर्यघाट ल्याईदै छ ।

महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ ।
शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज साँझ ७ः३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्नुहुने भएको छ ।

दाह संस्कारबारे यस्तो छ व्यवस्था

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ ।

मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।
‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’
मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एकरएक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

किन गईन काठमाडौबाट उनि कारण यस्तो

गोगंबुमा बस्दै आएका थिए धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला र उनका श्रीमान। सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेका स्थायी घर।

काठमाडौंमा श्रीमान सुरक्षा गार्डको काम गर्थे भने उनी तरकारी बेच्ने।

वैशाख २३ गते हिंडेरै त्रिवि शिक्षण अस्पताल पुगेकी उनले २४ गते सुत्केरी भइन्।

लकडाउनका कारण श्रीमानको काम छुटेको थियो। त्यससँगै उनको व्यापार पनि ठप्प।

कोठामा खानेकुरा सकिँदै थियो। गोजीमा पैसा। त्यसैले भोकै मरिने र सुत्केरी अवस्थाको उचित स्याहार गर्न नसक्ने अवस्था भएकाले आफ्नै गाउँ फर्किए उनीहरु।

अस्पतालमा सामान्य रुपमा बच्चा जन्मिएपछि सोही दिन एम्बुलेन्समा लागेका थिए गाउँतर्फ।

जिल्ला बाहिरबाट आएकाले जेठ १ गते बिहिवार उनको पनि आरडीटी परीक्षण गरिएको थियो। त्यसबेला उनको रिपोर्ट नेगेटीभ आएको थियो। कोरोना भाइरसको कुनै लक्षण पनि देखिएको थिएन उनमा।

तर, राति उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भयो। जसलाई कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको शंका गरिएको छ। तर स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन।

२९ वर्षीय उनका श्रीमान र माइतीपट्टीकी आमालाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको छ।

‘अझै पनि कोरोना भाइरस संक्रमणको पुष्टी भएको छैन तर लापर्वाही गरेको भन्दै गाउँलेले अनेक किसिमका लान्छना लगाउन थालेका छन्’ परिवारकाले फोन सम्पर्कमा पीडा सुनाउँछन्।

‘यस्तो संक्रमणको बेला काठमाडौंमै नबसेर कोरोना भाइरस गाउँमा फैलाएको आक्षेपसम्म लाइरहेका छन्’ मानसिक तनाव भइरहेको छ उनीहरुलाई।

त्यसैले बाह्रविसे वडा नम्बर ९ मा ती महिलाको सम्पर्कमा आएका सबैको स्वाब संकलन गर्ने तयारी गरिएको छ ।

आइतवार बिहान ८ बजेदेखि जिल्ला अस्पतालको स्वास्थ्य टोलीले स्थानीयको स्वाब संकलन गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com