ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रो पटक भिड्दै थापा र दाहाल, खतिवडा र उपाध्याय


admin

काठमाण्डौं, १३ मंसिर । चिसो मौसमसँगै मकवानपुरमा यतिबेला चुनावी सरगर्मी बढेको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तेस्रोपटक प्रतिस्पर्धामा ओर्लिएका छन् ।

विसं. २०५१ र २०५६ संसदीय निर्वाचनको प्रतिस्पर्धामा संगै ओर्लिएका उम्मेदवार पुनः यसपटक चुनावी मैदानमा उत्रिएको हो । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा र वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल यसपटक पनि निर्वाचन प्रतिस्पर्धामा संगै हुनुहुन्छ । दुबै निर्वाचनमा दाहालले थापालाई पराजित गर्दै मकवानपुरबाट सांसद बन्नुभएको एमाले मकवानपुरले जनाएको छ ।

दाहालले मकवानपुरको विकासमा गरेको महत्वपूर्ण योगदानका फलस्वरुप आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै यसपटक जितेर गएपछि आफूले पक्की पुलदेखि द्रुतमार्गसम्मका योजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेता थापाले आफूले जितेर गएमा प्रधानमन्त्रीसम्म बन्ने हैसियत भएकाले आफूलाई मत दिन मतदातासँग अनुरोध गर्नुभयो । लोकतन्त्रको रक्षा कम्युनिष्टबाट नहुने बताउँदै उहाँले लोकतन्त्र र हिन्दू धर्मरक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई मत दिन आग्रह गर्नुभयो ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक गठबन्धनबाट महालक्ष्मी उपाध्याय (डिना) र वाम गठबन्धनबाट विरोध खतिवडा उम्मेदवार बन्नुभएको छ । यसअघिको संसदीय निर्वाचन २०५१ र २०५६ मा दुबै जना पनि एक अर्काको प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो ।

दुईवटै निर्वाचनमा खतिवडा विजयी भएका थिए । उपाध्यायले दुई पटकसम्म खतिवडाले आफूलाई जितेको भए पनि यसपटक भने जित्नेपालो आफ्नो रहेको बताउनुभयो ।

नेपाली काँग्रेस मकवानपुरमा आएको पार्टी प्रवेशको लहरले आफू जित्ने दाबी उहाँको छ । उपाध्यायको प्रतिद्वन्द्वीका रुपमा रहनुभएका खतिवडाले मकवानपुर जिल्ला कम्युनिष्टको लालकिल्ला रहेको र थाहा दर्शनका प्रतिपादक रुपचन्द्र विष्टको जन्मभूमी रहेकाले पनि यहाँ वाम गठबन्धनको हार नहुने बताउनुभयो ।

सन् २०६२÷६३ को जनआन्दोलनपछिको २०७४ सालको संविधानसभा निर्वाचनमा चारवटै क्षेत्र माओवादीले जितेको थियो भने संविधानसभा दोस्रो निर्वाचनमा तीन क्षेत्र एमाले र एउटामा नेपाली काँग्रेसले विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com