चितवन, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर २१ गतेको निर्वाचन पछि तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेको बताएका छन् । बुधबार भरतपुर–२४ को नदीपचोकमा कार्यक्रममा प्रचण्डले भने, ‘बाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन्। उनले भने नेपालमा राजनीतिक अस्थिरताको युगको अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुँदैछ।’
अबको युग विकासको युग भएको भन्दै उनले आर्थिक समृद्धिका लागि लागिने पनि बताए । चितवनमा कयौं समस्या पाएको भन्दै प्रचण्डले ती समस्याहरु समाधान गरिने बताए ।
अब एमाले र माओवादीको एकताले समृद्धिको ढोका खोल्ने दाबी गर्दै प्रचण्डले भने, १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव सम्पन्न भयो। ती जिल्लाहरुमा बाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिन्छ। अब देशमा बामपन्थीहरुको दुईतिहाई मतद्धारा स्थिर सरकार र विकासले गति लिनेछ।’
प्रतिक्रिया दिनुहोस्