ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोधारा चादँनीमा पनि चुनावी माहोल


admin

भीमदत्तनगर, १३ मंसिर।  आसन्न मंसिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा महाकाली नगरपालिकामा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलोलाई निकै गति दिएका छन् ।

सदरमुकाम रहेको भीमदत्तनगरभन्दा पनि उम्मेदवार दोधारा चाँदनीमा मतदातालाई रिझाउन उतै बाससमेत बस्न थालेका छन् । निर्वाचन क्षेत्र नं ३ को २२ हजारभन्दा बढी मतदाता महाकाली नगरपालिकामा रहेका छन् ।

महाकाली नदिको पुल

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार वीरबहादुर सुनार नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । अंक गणित हेर्ने हो भने महाकाली नगरपालिकामा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा महाकाली नगरपालिकाबाट नेपाली काँग्रेसका नेता रमेश लेखकले अरु पार्टीका उम्मेदवारभन्दा दोब्बर बढी मत पाउनुभएको थियो ।
आसन्न निर्वाचनमा राजनीतिक दलले महाकाली नगरपालिकालाई निर्वाचन क्षेत्र नं ३ ‘ख’को उम्मेदवार दिएकोमा हर्षित छन् । “हामीलाई उम्मेदवार होइन, पार्टीले न्याय नै गरेका हुन् ।” महाकाली नगरपालिकाका स्थानीय भीमबहादुर सिंहले भन्नुभयो– “अहिलेसम्म माथिल्लो निकायमा यहाँका नेताले कुनै पार्टीबाट टिकट पाएका थिएनन् ।”

निर्वाचन क्षेत्र नं ३ को ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसले बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनार चुनावी दौडमा छन् । दुवैजना महाकाली नगरपालिकाका स्थानीय भएकाले दोधारा चाँदनीवासीले पहिलोपटक भूगोललाई न्याय भएको बताइरहेका छन् ।

‘ख’ प्रदेशमा महाकाली नगरपालिकाका दश वटा र भीमदत्त नगरपालिकाका सात वडा रहेका छन् । दुवै उम्मेदवार यसअघि दोधारामा पूर्व गाविस अध्यक्ष समेत रहिसकेका छन् । यसअघि नेपाली काँग्रेसबाट हालका नगरप्रमुख वीरबहादुर सुनार सामुपातिक सांसदको उम्मेदवार रहे पनि सांसद भने हुन सक्नुभएन ।

नेपाली काँग्रेसबाट निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका बेलबहादुर रानाले प्रजातन्त्र आइसकेपछि दोधारा चाँदनीलाई पहिलोपटक आफूलाई उम्मेदवार बनाएर काँग्रेसले न्याय दिएको बताउनुभयो । “प्रदेशसभामा यहाँबाट पहिलो उम्मेदवार बन्ने व्यक्ति म नै हो ।”

रानाले भन्नुभयो–“दशकौँदेखि दोधारा चाँदनीमा राजनीति गरेकाले मत माग्न घरदैलोमा गइराख्नुपर्ने अवस्था पनि छैन ।” दोधारा चाँदनीको विकासका एजेण्डामा सुघाउ पु¥याउन आफू लामो समयदेखि समय खर्चेर लागेको बताउँदै रानाले आसन्न निर्वाचनमा प्रदेशसभामा विजयी हुने दाबी गर्नुभयो ।

“मतदाता दोधारा चाँदनीभन्दा पनि प्रदेशसभामा परेका भीमदत्त नगरपालिकाका वडामा घरदैलो गर्ने सुझाव दिइरहेका छन्” रानाले भन्नुभयो– “विगतको संविधानसभामा पार्टीले पाएको मत हेर्दा पनि विजय यात्रालाई कसैले रोक्न सक्दैन ।”

त्यसैगरी माओवादी केन्द्रका नेता तथा प्रदेश ‘ख’का उम्मेदवार मानबहादुर सुनारले सडक, सिँचाइलगायतका पूर्वाधार विकासका लागि मतदाता माग गरिरहेको बताउनुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गरिसकेको धेरै अनुभव छन् ।” उहाँले भन्नुभयो– “सुख्खा बन्दरगाह निर्माणदेखि सिँचाइको व्यवस्था गर्ने मेरा मुख्य एजेण्डा हुन् ।” आफ्नो उम्मेदवारीले दोधारा चाँदनीका मतदाता उत्साही रहेको उम्मेदवार सुनारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com