ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिस्टलले चम्काउँदैछ महिला व्यवसायीको जीवन


admin
मंसिर १३, २०७४ बुधबार  ११ : ४५ बजे

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका–१६ न्याखाचोककी सुचित्रा शाक्यलाई कुनै दिन आफू पनि व्यवसाय बन्न सक्छु भन्ने लागेको थिएन । तर आफूजस्तै महिलाले पनि विभिन्न व्यवसाय गरेर आर्थिक उपार्जनका साथै सामाजिक हैसियत बढाएको देख्दा भने उहाँलाई पनि भित्रैबाट व्यावसायिक भावना आएको थियो । उहाँ महिलालाई सीप, लगानी र प्रविधि दियो भने केही गर्न सक्छन् भन्ने उहाँमा आँट रहेको छ ।

उहाँ सानो उमेरदेखि नै कुनै न कुनै व्यावसाय गर्नुपर्दछ भन्ने संस्कारमा हुर्किएकाले सरकारी वा अन्य निकायमा जागिर खाने सोच कहिल्यै बनाउनु भएन । माइती घरमा तिब्बती, नेवारी संस्कृति झल्किने चाँदीका हस्तकलाका सामान बनाउने पुख्र्यौली व्यवसाय छ । सुचित्राका श्रीमान पनि चाँदीका विभिन्न देवीदेवताका मूर्ति बनाउने गर्नुहुन्छ । ती सामान पोखरा, मुस्ताङमा लगेर पनि बिक्री गर्ने गरिएको छ । केही वर्षयता यस व्यवसाय खस्केको उहाँ बताउनुहुन्छ ।

‘पाँच वर्षअघिसम्म हप्तैपिच्छेजसो सामान पठाउने, कहिले आफैंँ लिएर जाने गरिन्थ्यो तर अहिले चार–पाँच महिनामा एकपटक बिक्री गर्न जाने गरेका छौं’ उहाँँले भन्नुभयो । भूकम्पपछि भने यसखालको व्यापार ठप्प हुँदा उहाँको छ जनाको परिवारलाई गुजारा गर्न धौधौ बनेको उहाँ सुनाउनुहुन्छ ।

जापान सोसल डेभलपमेन्ट फन्डको वित्तीय सहयोग तथा विश्व बैंकको सञ्चालन-प्रबन्धमा ललितपुर महानगरपालिकाबाट कार्यान्वयन भइरहेको गरिबउन्मुख सहरी पुनरुत्थान नमूना परियोजनाको सहयोगमा सशक्तीकरण समाज नेपाल (स्टेप नेपाल)ले सञ्चालन गरेको सात दिनको क्रिस्टलको तालीम लिएपछि धेरै ज्ञान, सीप हासिल भएको छ । उहाँसँगै तालिम लिएका अन्य २४ जनाले पनि यसलाई व्यवसायको रुपमा अगाडि बढाउनुभएको छ । व्यावसायिक रूपमा अगाडि बढाउन बजारको सुनिश्चितता हुनुपर्नेमा उहाँहरूको सामूहिक आवाज छ ।

स्थानीय बेरोजगार, अर्धवेरोजगार युवा एवम् घरमै बस्ने गृहिणीहरूलाई यस प्रकारका कृयाकलापमा संलग्न गराउन उत्प्रेरित गर्ने र शहरी गरिबी न्यूनीकरण गर्न मद्दत पु¥याउने उद्देश्यले यो परियोजना मंगलबजार र वरिपरिका क्षेत्रहरु (तत्कालीन ललितपुर उपमहानगरपालिका वडा १६, १८, २१ र २२; हालका ११, १६ र २० वडाहरू) मा २०७३ चैत्रदेखि २०७४ भाद्रसम्म सञ्चालन गरिएको थियो ।

पहिले त न्याखाचोककी कमला शाक्यलाई पनि व्यवसाय गर्न सकिएला भन्ने विश्वास थिएन, त्यसमाथि पनि पर्यटकका लागि लक्षित गरी सामान निर्माण गर्ने भन्ने कुरा मैले त सोच्न पनि सकेकी थिइनन् । अरुले बेचेको देख्दा कसरी बनाए होलान् जस्तो लाग्दथ्यो उहाँलाई ।

कमला भन्नुहुन्छ, ‘‘पहिले घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन तर अहिले बजारमा आफ्ना सामानहरू बिक्रीका लागि जान थालेको छु ।’’ साधारण लेखपढ मात्र गर्न जानेकाले व्यापारीहरूसँग कुरा गर्न र हिसाबकिताब राख्न केही कठिनाइ भएको उहाँ सुनाउनुहुन्छ । मैले तालीम लिएर काम थालेपछि कतिपय दिदीबहिनीहरू पनि मसँग आएर सिक्न थालेका छन् ।

तालीममा उहाँहरूलाई रानीहार, मोती र क्रिस्टलका चुरा, औंठी, रिङ बनाउने सीप सिकाएको थियो । यस्ता सामग्रीहरू पर्यटकका लागि पनि मन पर्ने भएकाले राम्रो आम्दानी गर्न सकिने सम्भावनालाई हेरेर नै परियोजनाले सीपमूलक तालीम प्रदान गरिएको स्टेप नेपालका अध्यक्ष दलबहादुर जीसीले बताउनुभयो । शहरी क्षेत्रमा विभिन्न संस्थाहरूले यस किसिमका तालीमहरू सञ्चालन गरेकाले क्रिस्टलका सामानहरू बनाउनेहरूबीच एकरुपकता आउन सकेको छैन ।

बजारमा अस्वस्थ्य प्रतिस्पर्धा नहुने हो भने यसमा मुनाफाको प्रतिशत राम्रै रहेको उहाँ बताउनुहुन्छ । यस कार्यमा श्रीमानबाट कमलालाई पूर्ण सहयोग मिलेको छ । उहाँ भन्नुहुन्छ, ‘कुनै पनि व्यवसाय गर्न परिवारको साथ र सहयोग भएन भने अगाडि बढ्न सकिंदैन ।’ कहिलेकाहीँ भनेको जस्तो सामान नपाउँदा मागअनुसारको सामान उत्पादन गर्न कठिनाइ हुने गरेको उहाँको अनुभव छ ।

व्यवसायबाट खासै कमाइ गर्न नसकेपनि फुर्सदको समयको सदुपयोग भएकामा उहाँ सन्तुष्ट हुनुहुन्छ । त्यतिकै घर बस्नुभन्दा केही काम गर्ने वातावरण बनेको छ । तालीमपछिको एक महिनाको अवधिमा झण्डै २०÷२५ हजारको त सामान बिक्री गरिसक्नुभएको छ । विस्तारै आयआर्जन हुन थालेपछि उहाँको दैनिक दिनचर्चा नै फेरिएको छ ।

न्याखाचोककी ललिता बज्राचार्यलाई पनि क्रिस्टलको व्यवसाय राम्ररी फापेको छ । घरधन्दा गरेर बचेको समय उहाँ क्रिस्टलको माला बनाउने काममा लाग्नुहुन्छ । तालिमपछिको दुई महिनाको अवधिमै उहाँले माला र चुरा बिक्री गरेर २०÷२५ हजार रुपैयाँ आम्दानी गरेको बताउनुहुन्छ । तालीमकै क्रममा पनि उहाँले काठमाडौँको महाबौद्धबाट कच्चा पदार्थ ल्याएर रु २० हजार जति त कमाउनुभएको थियो । अधिकांश महिलामा अहिले पोतेको मालाको सट्टा मोती, क्रिस्टलका गहनाहरूतर्फ आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com